बजेट अभाबले रोकियो सडक स्तर उन्नतिको काम

 

मंसिर १५,जाेमसाेम/मुस्ताङको थासाङ गाँउपालिकामा सँन्चालित रणनैतिक सडकको स्तरउन्नति गर्ने काम बजेट अभावको कारणले रोकिएको त्यस क्षेत्रका स्थानीयहरुले बताए।

संघिय सरकारको एक निर्वाचन एक रणनैतिक महत्वको उक्त सडकको भौतिक पूर्वाधार मन्त्रालय अन्तगर्त सडक डिभिजन कार्यालय बागलुङले आर्थिक वर्ष२०७९/८०को पुस ७ गते सडक स्तरउन्नतिको सम्झौता गरेको थियो ।

१० किमी लम्बाई रहेको सडकको बजेट अभावको कारण काम रोकिएको सडक डिभिजन कार्यालय बागलुङका ईन्जिनियर अमर अधिकारीले हिमालपारिको आवाजलाई जानकारी दिए ।

उनका अनुसार सडक स्तरउन्नतिको करिब ६ करोड रुपैयाँ,१४ प्रतिशत वित्तिय प्रगति रहेको सडकको जम्मा २० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको बताए । ३८करोड ८८लाख ६१ ह्जार रुपैयाँ लागत ईस्टमेटमा महालक्ष्मि,हिमाली जेभि संग ३वर्षमा योजना सक्ने लक्ष्य सहित काम अगाडी बढाइएको काम बजेट अभावकै कारण समयमै पुरा हुनेमा शंका पैदा भएको निर्माण व्यबसायी बताउछन्।

सडक स्तरउन्नतिका लागि थासाङ गाँउपालिकाको धम्पु क्षेत्रमा केही रुख हरु काट्नु पर्ने भएकाले त्यसको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङकन (आईई)को काम प्रकृयामा रहेको अन्नपृर्ण संरक्षण कार्यालय (एक्याप) जोमसोमले जनाएको छ ।

थासाङ गाँउपालिकाको छयो,कुन्जो,ताक्लुङ,टिटी,धम्पु,कोखेठाँटीका स्थानीय बासीहरुले यो सडकबाट सुविधा पाउने स्थानीय बासी तथा नेकपा माओवादीका जिल्ला संयोजक समेत रहेका धिरेन्द्र बिकले जानकारी दिए ।बेनी जोमसोम सडक खण्डको लेतेबाट शुरु हुने सडकको स्तर उन्नतिको काम डिबिएस प्रबिधि मार्फत गरिने डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *