२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

कोबाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

 

मंसिर ८ जोमसोम/ स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ ९ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज बाट थासाङ गाउँपालिकाको जनआदर्श अमरसिहं मा.वि कोबाङमा शुरु भएको छ ।

आज बाट शुरु भएको खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै संघिय सांसद योगश गौचनले सामुदायिक बिधालयको शैक्षिक गुणस्तर सुधारका लागि जिल्ला खेलकुद विकास समितिले थालेको अभियानमा सघाउन आफु सधै तयार रहेको बताउदै । अनुशासित,लगनशील,मेहनती जनशक्ति उत्पादन गर्न खेलकुदले सहयोग पुग्ने बताए ।

उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथि जिल्ला समन्वय समिति मुस्ताङकी माया गुरुङ,घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिहं लालचन, थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले बोल्दै जिल्ला तथा स्थानिय तहमा हुने खेलकुद कार्यक्रममा सघाउन आफुहरु तयार रहेको बताए ।

७ वटा सामुदायिक बिधालय सहभागी रहेको प्रतियोगितामा आज भएको लिग चरण को छात्र/छात्रा भलिबलका खेलहरू सकिएका छन।भलिबल प्रतियोगिताको बाकी खेल भोली हुने आयोजकले जनाएको छ ।आज भएको छात्र १५ सय मिटर दौड
प्रतियोगितामा सोनाम छिरिङ राई पहिलो,रितिक घर्ति दोस्रो,र रिवस परियार तेस्रो भएका छन।

प्रत्येक प्रतियोगिता,बिधागत र समग्रमा पहिलो,दोस्रो,तेस्रो हुने बिधार्थी तथा बिधालयलाई मेडल,नगद पुरस्कारको व्यवस्थापन गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अजित थकालीले हिमालपारिको आवाजलाई बताए। सबै बिधामा उत्कृष्ट बिधालयलाई राष्ट्रपति रनिङ शिल्ड प्रदान गरिने उनले भने ।भोली फाइनल खेल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्