प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) असोजको पहिलो हप्ता भएको चिन भ्रमणका क्रममा चिन सरकारले कोरला नाका लगायत नेपालका १४ वटा व्यापारिक नाका संचालनको तयारी गरेको जनाएको छ।
कार्तिक २१, जोमसोम/ मुस्ताङको लोमन्थाङ गाउँपालिका स्थित कोरला नाका कार्तिक २७ गते देखि संचालन हुने भएको छ। चिनियाँ पक्षबाट नाका संचालन हुने जानकारी आएको लोमन्थाङ गाउँपालिकाले बताएको छ।
गाउँपालिकाका अध्यक्ष नर्बु गुरुङले नाका खुल्ने जानकारी पाए संगै स्थानीय बासी खुसी भएको बताए । सरकार,जनप्रतिनिधि र सुरक्षा निकायको कुटनैतिक पहल सफल भएको उनले बताए । मुस्ताङको लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरु अब परिचयपत्रको आधारमा आवत,जावत गर्न पाउने भएका हुन।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) असोजको पहिलो हप्ता भएको चिन भ्रमणका क्रममा चिन सरकारले कोरला नाका लगायत नेपालका १४ वटा व्यापारिक नाका संचालनको तयारी गरेको जनाएको छ। मुस्ताङ र चिनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा निकाय बिच नाका संचालन र व्यवस्थापनका विषयमा चार पटक वार्ता भएको थियो।
कोरोना महामारी फैलिएपछी वि.स २०७६ साल देखी कोरला नाका पूर्णरुपमा बन्द हुँदै आएको थियो । कोरला नाका संचालनको तयारीका क्रममा लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जना भन्दा बढी स्थानीय लाई नेपाल चिन सिमा क्षेत्र प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
प्रवेश पास भएका स्थानियहरु जुनसुकै बेला चिन आवत,जावत गर्न पाउने भएका छन् । कोरला नाका नजिकै रहेको नेचुङ भन्सार कार्यालयमा नियमित कर्मचारीको व्यवस्था गरिएको छ । उनले भने नेचुङमा शसस्त्र प्रहरीबलको ( बिओपी ) भवन निर्माण भएको बताए । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच मार्ग पुर्याइएकाे छ ।
उता चिनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन निर्माण गरेको छ । सन् १९६० को दशकमा चिनमा तिब्बत गाभिएपछी तिब्बतीयन खम्पाहरुले नेपाली भुमी प्रयोग गरेर आन्दोलनमा उत्रिएका थिए । सोही आन्दोलनका कारण वि.स. २०३२ साल देखि कोरला नाकामा आवत,जावतमा कडाई गरिएको थियो ।
वि स २०५८ सालसम्म कुनै रोकतोक नरहेको सिमा २०५९ सालदेखी चिनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको थियो । नाका संचालनमा आएपछी मुस्ताङका स्थानीयबासीहरुलाई दैनिक उपभोग्य सामान , निर्माण सामग्री लत्ताकपडा लगायत सामग्री सस्तोमा आयत गर्न पाउने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्