प्रधानाअध्यापक बि.ककाे निधनमा घरपझाेङका बिधालयमा शाेक विदा

 

कार्तिक २१, जाेमसाेम/ घरपझाेङ गाउँपालिका वडा नं १ मा रहेकाे निलगिरी आधारभुत विधालयका प्रधानाअध्यापक रण बहादुर वि.ककाे असामयिक निधनमा गाउँपालिकाले शाेक विदा दिने निर्णय गरेकाे छ ।


गाउँपालिका भरी रहेका सबै सामुदायिक तथा संस्थागत विधालयहरुमा आज शाेक विदा दिइने घाेषणा गरेकाे घरपझाेङ गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत हिमलाल शर्माले जानकारी दिनु भयाे ।

५४ वर्षिय वि.ककाे जिल्ला अस्पताल मुस्ताङमा उपचारकाे क्रममा हिजाे असामयिक निधन भएको हाे । उनि लामाे समय देखि शिक्षण पेसामा कार्यरत थिए ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
1
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *