२०८१ आश्विन १९
९८५७६५०३३४, ९८५७६५००९३

काेवाङमा मुस्ताङ प्रहरीकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न ब

 

कार्तिक २० ,जाेमसाेम / जिल्ला प्रहरी कार्यालय मुस्ताङले समुदाय प्रहरी साझेदारी कार्यक्रम  अन्तर्गत सोमबार मुस्ताङको थासाङ गाउँ पालिका २ काे कोवाङमा नागरिक सुनुवाई कार्यक्रम  गरेको छ । स्थानीय नागरिकको समस्या  र सुझाव संकलन गर्ने उद्देश्यले प्रहरीले नागरिक सुनुवाई आयोजना गरेको हाे ।

धौलागिरी युवाक्लवको भवनमा आयाेजित नागरिक सुनुवाई कार्यक्रममा  स्थानीय नागरिकहरुको समस्या , गुनासो व्यवस्थापन र शान्ति सुरक्षा सुव्यवस्थित राख्ने  गरी  जिल्ला प्रहरी कार्यालय मुस्ताङ लागि परेकाे र चाडपर्वको बेला हुने अराजक गतिविधिबारे प्रहरी सधै चनाखाे रहदै २४ सै घण्टा नागरिककाे सुरक्षा खटेकाे  जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेले जानकारी दिए ।

प्रहरी सेवाको भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कानसहितको सेवालाई प्रभावकारी बनाउन र जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमले टेवा पूर्याउने गाउँपालिका उपाध्यक्ष सोमल हिराचनले बताए ।

नागरिककाे  शान्ति सुरक्षाको प्रत्याभूति, चोरी तस्करी नियन्त्रण, लागू औषध दुर्व्यसनी, सवारी दुर्घटना न्यूनीकरण,सामाजिक अपराध र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा छलफल भएको थियाे  ।

स्थानीय नागरिकले प्रहरीको कार्यसम्पादन र भूमिकाका विषयमा उठाएका जिज्ञासामाथि प्रनाउ पाण्डेले जवाफ दिएका थिए । कार्यक्रममा चालु आर्थिक वर्ष मुस्ताङ प्रहरीले गरेका कार्यसम्पादनका बिषयमा जानकारी दिदै प्रनाउ पाण्डेले स्थानीय नागरिक वर्दी विनाकाे प्रहरी रहेकाे र समाजमा हुने अनैतिक क्रियाकलाप राेक्न समुदायकाे पनि महत्त्वपूर्ण भुमिका रहने कुरामा जाेड दिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रनाउ पाण्डेको अध्यक्षतामा भएको नागरिक सुनुवाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि,आमा समुह ,युवा क्लवकाे  उपस्थिती रहेको थियो । नागरिक सुनुवाई कार्यक्रममा प्रहरी चौकी कोवाङ र ईलाका प्रहरी कार्यालय लेतेका सुरक्षा ईकाईकोपनि  उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्