२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

डिभिजन वन कार्यालय मुस्ताङले गर्याे प्रगति समीक्षा गाेष्ठी

 

कार्तिक २० जाेमसाेम / डिभिजन वन कार्यालय मुस्ताङले जिल्ला स्तरीय प्रगति समीक्षा तथा याेजना तर्जुमा गाेष्ठी सम्पन्न गरेकाे छ।

वर्ष भरि कार्यालयले सम्पन्न गरेका याेजनाकाे र आव २०८०/८१मा सम्पादन हुने याेजनाका बारेमा सराेकारवालाहरु विच सम्पन्न गाेष्ठीमा डिभिजन वन कार्यालयका  प्रमुख बिष्णु प्रसाद अधिकारीले गत आवमा वित्तीय प्रगति ९.७० प्रतिशत तथा भाैतिक तर्फ १० प्रतिशत कार्य सम्पादन भएकाे जानकारी दिए ।

कार्यालयबाट गत वर्ष वन डढेलाे सचेतना कार्यक्रम,लहरेपिपल तथा बैँस जातकाे बिरुवा वितरण, एक निर्वाचन एक कृषि कार्यक्रम संचालन गर्नुकाे साथै जडिबुटी प्रशाेधनकाे लागि ओैजार वितरण गर्नै काम समेत सम्पन्न भएकाे जानकारी दिए ।

गत आवमा बेरुजु तर्फकाे ३२ हजार ८ सय ५० रुपैयाँ असुल गरिएकाे र २७ हजार संमपरिक्षणकाे लागि पेश गरिएको बताए । आगामी दिनमा तारवार सहितकाे वृक्षारोपण तथा फलफुलजन्य बिरुवा वितरणकाे कार्य गर्ने जनाउदै । स्थानीय तथा सबै सराेकारवालाहरुकाे साथकाे खाँचाे रहेकाे बताए ।

जिल्ला समन्वय समिति मुस्ताङ का उपप्रमुख आइतलाल थकाली प्रमुख अतिथि रहेकाे गाेष्ठीमा थकालीले स्थानियकाे आवश्यता र माटाे सुहाउदाे याेजनाहरु ल्याउन अनुराेध गरे । मुस्ताङ स्थित विभिन्न कार्यालय प्रमुख तथा सुरक्षा निकायका पदाधिकारी सहभागी भएकाे गाेष्ठीमा भने स्थानीय जनप्रतिनिधि तथा उपभोक्ताकाे उपस्थित नगन्य मात्रा थियाे !

प्रतिक्रिया दिनुहोस्