समस्याको थुप्रोमा मुस्ताङका जिल्ला बासी

 

दुरदराजमा रहेको हिमालपारिको जिल्ला मुस्ताङमा बिकासको बजेट घोप्टिएको तर र्चातर्फी बिकास हुन नसकेर बालुवामा पानी हाले सरह योजनाका रकम पोखिएको जिल्ला हो मुस्ताङ । बिकासले बिनास ल्यायोकी बिनासले बिकास यो आफैमा अनौठो बिषय हो यस बिषयमा सरोकार वाला निकायहरुले चासो दिन जरुरी हुन्छ । मुस्ताङलाई माया गरेर करोडौको योजना नपरेको पनि होईन तर बालुवामा पानी हालेसरह हुने गरेको छ मुस्ताङमा बजेट । कम्सेकम योजनाका कामहरु सम्पन्न भएपछि लामो समयसम्म टिक्ने हुनु पर्नेमा बनाएकै सालमा भत्किने गर्छ हामीले कस्तो खालको अभ्यास गरे्का छौं । कस्तो प्राबिधिकहरुले बनाएको स्टुमेट अनुसार योजनाका कामहरु गरेका छौं के राज्यको धनलाई दुरुपयोग गर्ने अधिकार जो कसैलाई छ र । योजनाको काम गर्दा पनि कमसल खालको काम गरेर योजना सम्पन्न गर्ने बानीको बिकास भएको तीतो सत्य नै हो ।

हिउँद र बर्खाको समयमा मुस्ताङ बासीले अरु कसैले नपाउने दु:ख पाउने गरेका छन् जसको कारण सबैखाले कुरामा अरु जिल्लादेखि मुस्ताङ दुर दराजमा रहने गरेको कुरा सत्य हुन्छ । हिउँदमा सुख्खा पहिरो जाने , बर्षातमा बाढी पहिरो जाने , जताततै हिलाम्मे बाटोको कारण आवत जावतमा समस्या आउने यो चलन पनि पुरानो भयो । त्यसैगरी बिकासलाई सदुपयोग गर्न नजान्दा बिनाश धेरै हुने गरेको जिल्ला मध्य यतिखेर मुस्ताङ पनि नेपालमा अछुतो रहन सक्दैन । गजबको कुरात के छ भने मोटर बाटो छ स्थायी तरीकाले गाडी चल्दैन , अस्पताल छ उपचार हुदैन , बिद्यालय छ गुणस्तरीय पढाई हुदैन , एयरपोर्ट छ जहाज आउदैन , पक्की पुलको निमार्ण भएको छ तर गाडी गुडदैन , अस्पतालको फार्मेसीमा बिरामीहरुले चाहेको औंषधी किन्न पाईन्न , एउटै सामानहरुमा पनि पसलै पिच्छे आफु खुशीको दरभाउ छ कसैलाई मतलव छैन कस्तो बिडम्वना छ समस्याको थुप्रोमा मुस्ताङ ।

मुस्ताङ जिल्ला अस्पतालमा यतिखेर डाक्टर नभएर बिरामीहरु बिचल्ली अवस्था रहेका छन् मुस्ताङ त पर्यटकीय क्षेत्र भन्ने मात्र तर अस्पतालमा उपचारको राम्रो ब्यवस्थानै छैन जस्तोसुकै बिरामी भएपनि पोखरा झर्नु पर्ने थीतिको बिकास भयो मुस्ताङमा । एयरर्पोट छ आफुलाई मनलाग्दो तरीकाले पैसा कमाउन मात्र देखा पर्छ मुस्ताङमा आउने जहाजहरुलाई कुनै पावन्दीनै लाग्दैन रहेछ । बेनी जोमसोम सडक छ तर पहिरोले सडक अबरोध हुंदा लामो समयसम्म गाडी आवतजावत नै बन्द हुन्छ । यस्तो अवस्थामा मुस्ताङ बासीहरुले नपाउने दु: ख पाउने गरेका हुन्छन् । महंगीले जनताको डाढ सेकीने गरी चुलिएको छ पसल पिच्छे भाउ फरक हुंदा पनि सरोकार निकाय चुप लागेर बस्ने गरेको छ । बिकास निमार्णको कामले कहिल्यै पनि पूर्णता पाउने गरेको छैैन मुस्ताङको बिकासमा सबैको ध्यान जान सकिरहेको छैन किन । त्यसैले बेलैमा किचार पुर्याएर मुस्ताङ बासीहरुको समस्याका जालोहरु फुकाउन सबै पक्षधरहरु लाग्न जरुरी हुन्छ बेलैमा लागौ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *

More in समाज