हिउँदमा मात्तिने बर्षातमा आत्तिने

 

यतिखेर नेपालमा बर्षातको कारण आपतकालिन अवस्थाको सृजना हुन पुगेको छ । देशको धेरैजसो स्थानहरुमा बर्षातको कारण बाढी पहिरो जांदा सबैले दु:ख पाएका छन् । त्यसैगरी हिमालपारिको जिल्ला मुस्ताङमा पनि बषार्तको पानीले धेरै स्थानहरुमा ठुलो क्षति पुर्याएको छ । यसको न्युनिकरणको लागि चासोको बिषय बनिरहन सकेन । किनभने जब पर्यो राती बल्ल बुडी ताती भनेझै हुने गरेको छ यहां । प्रकृतिसंग जुध्न मानवको लागि कुनै त्यस्तो यन्त्र छैन तर बेलैमा समस्याको समधान गर्नतर्फ सबैजना लाग्नु पर्छ । जिल्लाको धेरैजसो गाउँहरुमा यसपाली आएको बाढीले ठुलो नोक्सान बनाएको छ । अरबौंको क्षति ब्यर्होन परेको छ यसको बिषयमा जबसम्म सबैको ध्यान बेलैमा जांदैन समस्या चुलिरहने नै छ ।

जिल्लाका बुढापाकाहरुले पनि पत्तो नपाएको कागबेनीको बाढीले गाउँनै सखाप पारिदियो यसको मुल कारण भनेको कागखोला बग्ने स्थानलाई च्यापेर ठुलाघर बनाउने होडबाजी चल्दा आएको समस्या हो । कागबेनीलाई पहिलाको लयमा ल्याउन खोला बग्ने स्थानहरुमा लालपूर्जा भएर नभएर खोला च्यापेर बनाएका घरहरु त्यस स्थानमा बनाउन दिनहुन्न । जतिसक्दो फराकिलो स्थान छोडेर कागखोला बग्ने मार्ग छोड्नु पर्छ । यतिखेर मुस्ताङमा कालीगण्डकी तथा अन्य शाखा खोलाहरुको किनार च्यापेर घर बनाउनेहरुको लर्को लागेको छ । जबसम्म यस्तो ब्येथीतिको अन्त्य हुदैन समस्या दिनको दिन बढेर जाने नै छ । उर्लेको बाढीले पान्ताखोला , जोमसोम बजार क्षेत्र वरपर , मार्फा , छैरो , सामाग्री , टुकुचे , कोवाङ , लेते , घाँसा र अन्य क्षेत्रहरुमा बिनाशकारी बाढीले ठुलो क्षति पुर्याएको छ तर बेलैमा समस्याको समधान हुन सकेको छैन ।

बेनी जोमसोम सडकखण्डको अवस्थालाई नजिकबाट नियाल्ने हो भने सालैपिच्छे बनाउने अनि बर्षातको समयमा भत्केर जाने जुन समस्या छ यसको दीर्घकालीन रुपमा समधान हुन सकिरहेको छैन । सडकको कारण बर्षेनी यात्रु तथा सवारी चालक र कर्मचारीहरुको मृत्यु हुने गरेको छ तर के कारणले आएको समस्या हो समधान हुन सकिरहेको छैन । मुस्ताङबासीहरुले सधैभरी समस्या झेलेर बस्न बाध्य भएका छन् किन के कति कारणले यसको समधान गर्न सरोकारवाला निकायहरु कानमा तेल हालेर बसेका छन् । बैकल्पिक सडक मार्गको अवधारणा आउन किन सकिरहेको छैन यसको बिषयमा सरोकार वाला निकायहरुको बेलैमा ध्यान जाओस् । हिउँदको समयमा घाम तापेर केही नगरी बसेर मात्तिने र बर्षातको समयमा के केन गरेझै गरी जनताको आँखामा छारो हालेर काम गरेको देखाउन आत्तिने यो बानी सरोकारवाला निकायहरुले छोडौं ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *

More in समाज