२०८१ आश्विन १९
९८५७६५०३३४, ९८५७६५००९३

बिश्व प्रसिद्द वान च्याम्पियनसिपमा नेपालबाट पहिलो पटक प्रतिस्पर्धा गर्दै फाइटर रविन्द्र धान्त

 प्रबिन पाण्डे

पछिल्लो समय विश्वमा निकै चर्चित खेलको रुपमा विकास हुदै आएको खेल हो मार्सल आर्ट। नेपालमा पछिल्लो समय युवाहरु एमएमएप्रति बढि आकर्षित हुन थालेका छन।

टिभीमा हेर्दै आएको युएफसी, वान च्याम्पियनसिप, फाइट नाइट्स ग्लोबलहरु केही विश्व चर्चित मिक्स मार्सल आर्ट्स अर्थात एमएमएका प्रोमोसन्सहरु हुन् । त्यसमध्येको एक वान च्याम्पियनसिपमा नेपाली फाइटर रविन्द्र धान्तले पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् जुन नेपालि खेल जगतको लागि ऐतिहासिक क्षण हुनेछ ।

पहिलो पटक यति ठूलो इभेन्टमा खेल्दैछु, एकदमै उत्साहित छु,’ रविन्द्रले भने, ‘उत्तिकै दबाब पनि छ । सबैले हेरिहनु भएको छ, ट्रेनिङ राम्रो भइरहेको छ, बेस्ट दिनेछु ।’ रविन्द्रले आगामी सेप्टेम्बर १५ मा थाइल्याण्डमा आयोजना हुने वान च्याम्पियनसिपमा रसियन फाइटरसँग प्रतिस्पर्धा गर्नेछन् ।

हाल त्यसका लागि रविन्द्र र उनका प्रशिक्षक दिविज पिया लामा कडा रुपमा मेहनत गरिरहेका छन । प्रशिक्षक दिविजले नेपाली खेलकुद क्षेत्रकै लागि ठूलो उपलब्धी हुने बताए । ‘वान च्याम्पियनसिप एमएमएको ग्लोबल प्रमोसन अर्गानाइजेसन हो । नेपाली खेलाडीले वान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो’, रविन्द्रका प्रशिक्षक दिविजले बताए ।

गत जुनमा काठमाडौंमा भएको नेपाल वारियर्स च्याम्पियनससिप (एनडब्लुसी) मा भारतीय खेलाडी जासोन लाइन्डोलाई पराजित गरेका रविन्द्रलाई वान च्याम्पियनसिपले एक फाइटमा प्रतिस्पर्धाको लागि अवसर दिएको दिविजले बताए । उनले भने, ‘वारियर्स च्याम्पियनसिपमा उनको फाइट देखेपछि वान च्याम्पियनसिपले रविन्द्रलाई फाइट दिएको छ । यो फाइट जित्यो भन्यो आउने वर्ष वान च्याम्पियनसिपले अरु फाइटहरु पनि दिन सक्छ । मल्टि इभेन्ट र मल्टी कन्ट्रयाक्ट पाउँछ ।’

वान च्याम्पियनसिपको खेलका लागि रविन्द्रले सम्झौता समेत गरिसकेका छन् र अहिले उनी त्यसकै लागि तयारी गरिरहेका छन् । तर दु:खको कुरा उनीहरुले यसका लागि खासै सपोर्ट भने पाउन सकेका छैनन् । केही साथीभाइको सहयोगमा सबै खर्च व्यक्तिगत रुपमा गर्ने गरी रविन्द्र र दिविज बैंककमा पुगेका हुन् ।

त्यहाँ रविन्द्रलाई रसियन प्रशिक्षकले पनि ट्रेनिङ दिइरहेको दिविजले जानकारी दिए । नेपाली फाइटरले अहिलेसम्मकै ठूलो फाइट खेल्न पाएकोले रविन्द्रलाई वान च्याम्पियन खेलाउने लगेको दिविजले बताए । यो फाइट खेलेवापत रविन्द्रले केही रकम पाउनेछन् । र फाइट नै जितेमा अरु रकम पनि पाउनेछन् ।

रविन्द्रको प्रोफेसनल करियरमा यो धेरै ठूलो उपलब्धि हुने दिविजले बताए । भने, ‘यो फाइटपछि नेपाली एमएमए फाइटरको पनि विदेशमा चर्चा हुनेछ । अरु फाइटरको लागि पनि मोटिभेसन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्