प्राज्ञिक विद्यार्थी परिषद् पी एन सी एकाइ समितिद्वारा व्यक्तित्व तथा नेतृत्व विकास प्रशिक्षण प्रारम्भ

 

श्रावण १९ पोखरा ।  शिक्षा क्षेत्रमा व्यापक सुधारको अभियानमा अहोरात्र खटिरहेको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पृथ्वी नारायण क्याम्पस एकाइ समिति द्वारा दुई दिवसीय जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास प्रशिक्षण तालिम १९ गते पी एन सी क्याम्पसको विज्ञान प्रयोगशालामा प्रारम्भ भएको छ ।

श्रावण १९ र २० गते आयोजित व्यक्तित्व र नेतृत्व विकास प्रशिक्षण तालिममा पृथ्वी नारायण क्याम्पस मा अध्यनरत सम्पूर्ण संकाय बाट समेटेर ५० जनाको संख्यामा कार्यक्रम सञ्चालन गरेको छ ।

विद्यार्थी परिषद्का राष्ट्रिय सह -संगठन सचिव रमेश कंडेल प्रमुख प्रशिक्षकको रूपमा रहेको तालिममा आत्मजागरण, अनुभुती, प्रभावकारी संचार, निर्णय लिने क्षमताको विकास, अन्तरव्यक्तिगत सम्बन्ध, नैतिकता, राष्ट्रियता, संस्कार संस्कृति, सामुहिक कार्य, जस्ता विषयहरूको बारेमा व्यबहारिक, सैद्धान्तिक र प्रयोगात्मक रूपमा तालिम सञ्चालन गरिने कार्यक्रम संयोजक पारस खड्का जि ले जानकारी दिनु भएको छ र आज प्रारम्भ भएको उक्त कार्यक्रम भोलि सम्पन्न हुने खड्काले बताउनु भएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

2
Excited
2
Happy
1
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *