पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अध्ययन गरेको विद्यालयमा विद्यार्थी परिषद् द्वारा शैक्षिक सामग्री वितरण

भूपेन्द्र महरा

असोज २२ डडेलधुरा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अध्ययन गरेको असीग्राम माध्यमिक विद्यालयमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल द्वारा साेमबार डडेलधुराकाे रूवाखाेलामा रहेकाे विद्यालय प्रङ्गणममा ओैपचारिक रूपमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

भारतीय जनता र भारत सरकारको सहयोग एवं विद्यीर्थी परिषद नेपालको समन्वयमा २५० जना छात्र छात्रा लाई झोला,कापी पेन,नेपाली शब्दकोश सजिलो अङ्ग्रेजी बोलचाल जोमेट्री बक्स लगायत परिषदको टोपी वितरण गरेको परिषदले जनाएको छ।

असीग्राम विद्यालय व्यबस्थापन अध्यक्ष मिनराज जोशीको अध्यक्षता, प्राज्ञिक परिषद नेपाल सु.प प्रदेश संगठन सचीव चन्द्रखेर जोशीको प्रमुख आतिथ्यता , परिषदका केन्द्रीय सदस्य सन्दिप महराको अथिति तथा विद्याल व्यबस्थापन समिति सदस्य लगायत उपस्थित सम्पुर्ण शिक्षकहरु को माझमा सम्पन्न भएको हो ।

दलगत राजनीतिदेखि माथि रहेर ज्ञान, शील र एकताको आदर्शको साथमा व्यक्ति निर्माणको मध्यमद्वारा राष्ट्र पुनः निर्माणको उदात्त र पवित्र लक्ष्य लिएर देशको मौलिक सांस्कृतिक र राष्ट्रियताको संरक्षण र प्रबर्द्धन गर्दै देशको गरिमालाई उच्च स्वाभिमानका साथ विश्वमान चित्रमा एउटा अग्रणी एबम् समृद्धशाली राष्ट्रको रूपमा स्थापित गर्नको लागि शिक्षा, सामाजिक सांस्कृतिक एबं राष्ट्रियस्तरमा अनुशासन, नैतिकता, इमान्दारिता र सत्यविचारको निर्माणको साथमा विद्यार्थी शक्तिलाई सामाजिक गतिविधि, विभिन्न रचनात्मक गतिविधि, शैक्षिक तथा राष्ट्रिय महत्वका विविध विषयमा अभियान बहस सिर्जना, नीतिगत सुधारका लागि सरकार एबम् सम्बन्धित निकायसमक्ष सुझाव प्रस्तुत निरन्तर सामाजिक तथा सेवाको माध्यम बाट समाजको लागि आवश्यक कुशल तथा असल व्यक्ति निर्माणको लागि चिन्तनशील र समाजमा सक्रिय एबम् सम्पूर्ण व्यक्तिको मार्ग दर्शन सहयोगी भावना र चाहनाको रूपमा आज विद्यार्थी परिषद् काम गरीहरेको विद्यार्थी परिषदले जनाएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *