२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

भुटानले माग्यो पोखरा र भैरहवामा उडान अनुमति

अजय नेपाली

श्रावण १६, काठमांडौ । भुटानको पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको ‘भुटान सिभिल एभिएसन अथोरिटी’ ले नेपालका दुई सहर पोखरा र भैरहवामा सिधा उडान गर्न अनुमति मागेको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र नियमित उडान गर्दै आएको उक्त एभिएसनले नेपालको दुई सहर पोखरा र भैरहवामा सिधा उडान अनुमति दिन शुक्रबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पत्र पठाएको हो ।

दशककौंदेखि भुटानी वायुसेवाले नेपालमा उडान भर्दै आइरहेको छ । भुटानले आफ्ना दुई अन्तर्राष्ट्रिय वायुसेवाबाट पोखरा र भैरहवामा सिधा व्यावसायिक उडानका लागि अनुमति मागेको छ । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिन कुनै पनि प्राविधिक समस्या नरहेको प्राधिकरण स्रोतले जनाएको छ ।

नेपालका नयाँ सहरमा सिधा उडान हुँदा ठूलो संख्यामा बौद्धमार्गी पर्यटक लाभान्वित हुन सक्ने भुटानको आँकलन छ । दुई देशबीच एक दशकअघि वार्षिक २ लाख १८ हजार सिटका लागि हवाई सम्झौता भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल भुटानका दुई अन्तर्राष्ट्रियसहित ३० वटा वायुसेवाले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्