२०८१ चैत्र १०
९८५७६५०३३४, ९८५७६५००९३

पातले छाँगोबाट खसेको झरनाको दृश्यावलोकन गर्न अवरोध

भूपेन्द्र महरा

पाेखरा ७ साउन २०८० । पोखरामा रहेकाे ‘गुप्तेश्वर महादेव गुफा’ वर्षातका कारण भित्र फोहोरको रास लागेर पातले छाँगोबाट खसेको झरनाको दृश्यावलोकन गर्न जाने बाटो बन्द भएको छ । वर्षा बढे सँगै पानी को मात्र बढेर पानीले बगाएर ल्याएको ढुङ्गा, मुडा, माटो, गिट्टी गुफा भित्रै थुप्रिएको छ ।

पोखरा ताल र गुफैगुफाको शहरका रूपमा चिनिने गर्छ । तिनैमध्ये पोखरा–१७ छोरेपाटनस्थित ‘गुप्तेश्वर महादेव गुफा’ ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेको एक प्रमुख पर्यटकीय स्थल हो ।

पोखरा भ्रमणमा जाने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक गुप्तेश्वर महादेव गुफा अवलोकन गर्ने गर्छन् । तर वर्षातका कारण अहिले जमिनबाट करिब १५० मिटर तल अवस्थित यस गुफाको पूर्वी भागबाट देखिने पातले छाँगोबाट खसेको झरनाको दृश्यावलोकन नपाइने भएको छ र निर्माण कार्य पनि चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्