२०८१ माघ २५
९८५७६५०३३४, ९८५७६५००९३

सुर्खेतमा युवतिलाइ लक्षित गरि एसिड प्रहार गर्ने एकजना पक्राउ

प्रबिन पाण्डे 

सुर्खेत: युवतिलाइ एसिड प्रहार गर्ने एकजना युवक पक्राउ परेका छन।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१४ मैकल बजारमा शुक्रबार साझ एक युवतीलाई लक्षित गरि एसिड प्रहार गर्न खोज्ने विरेन्द्रनगर –१४ का १६ बर्षिय आशिष सुनारलाइ पक्राउ गरिएको छ।

शुक्रवार बेलुकि पाँच बजेतिर वि.न.पा –१४ को मैकल बजार नजिक बराहताल गाउँपालिका १० बस्ने अन्दाजि १७ बर्षकि सोविता बुढालाइ एसिड प्रहार गर्न खोजिएको जिल्ला प्रहरि कार्यलय सुर्खेतका प्रवक्ता प्रहरि नायब उपरीक्षक लक्ष्मण शाहिले जानकारि दिए।

ञउक्त एसिड युवतिलाइ हान्न खोजिएपछि उनलाइ नलागि सोहि ठाउँका नेत्रबहादुर शाहिको बायाँ हातमा लागेर घाइते भएका छन, घाइतेको उपचार भैरहेको छ,’ डिएसपी शाहिले भने,’ प्रत्यक्षदर्शीले जानकारि गराएपछि प्रहरि चौकि बाङ्गेसिमलबाट खटिएको टोलिले पौने ६ बजे एकजना युवकलाई पक्राउ गरेको छ।’

उनका अनुसार एसिड प्रहार गर्ने पक्षमा अर्का युवक पनि थिए। उनको खोजि भैरहेको प्रहरिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्