कुञ्जोमा गाई काटेको आरोपमा पक्राउ

जोमसोम : मुस्ताङ थासाङ गाँउपालिका कुञ्जोमा  गाई काटेको आरोपमा एक जना पक्राउ परेका छन् ।
बाग्लुङ बुर्तिवाङ घर भई मुस्ताङको थासाङ गाउँपालिका–५ कुञ्जोमा ज्यालामजदुरी गरी करिब १० वर्षदेखि बसदै आएका ३६ वर्षीय मिम बहादुर विकलाई प्रहरीले  रंगेहात पक्राउ गरेको हो ।
 कुञ्जो गाउँ नजिकैे चरनक्षेत्रको पाखोमा रहेको गोठको गाई काटिरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको थियो ।
प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए अनुसार गाई काट्न प्रयोग भएको औजार सहित गाई काट्दै गरेको अवस्थामा विकलाई शनिबार बेलुकी रंगेहात पक्राउ गरेको हो । अझै थप यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
1
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *