२०८१ आश्विन १९
९८५७६५०३३४, ९८५७६५००९३

१ करोड २० लाख बढी नेपाली रुपैयाँ बराबरकाे विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट ४ जना प्रक्राउ

दुबईमा भएको साथीलाई पठाएको चाउचाउ हो भनेर दिएकोबाहेक अन्य थाहा नभएको बयान दिएको प्रहरीको भनाई छ ।

त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बुटवलका अनिश थापा र गुल्मीका सन्तोष पन्थी, दिपेश राना रहेका छन्। विमानस्थल प्रहरी प्रवक्ता एसएसपी दीप शमशेर जबराका अनुसार बुधबार राति ११ बजे स्रोत नखुलेको अमेरिकी डलर लगायत अन्य देशका मुद्रासहित चार जनालाई पक्राउ गरिएको बताएका छन् । उनीहरूको साथबाट ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ५७ ओमान रियाल र ४८८ बहराइन दिनार बरामद गरिएको एसएसपी राणाले जानकारी दिए।

पक्राउ परेको रानालाई सोधपुछ गर्दा बरामद भएका विदेशि मुद्राहरु रानाका दाई तिलोत्तमा ९ का ३८ वर्षिय दिपेश रानाले सम्पर्क गरेका व्यक्तिहरु गुल्मी धुर्कोट ७ का २६ वर्षिय सन्तोष पन्थी, सत्यवती ६ का ३५ वर्षिय सुर्यमणी भण्डारीले दिएको बयानको आधारमा उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान पार्किङ एरियामा अनिसलाई छाड्न आएकाहरुले प्रयोग गरेको बाग्मती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ ।

प्रहरी समक्ष अनिसले आफुलाई छाड्न आएका पन्थीलगायतले आफूलाई दुबईमा भएको साथीलाई पठाएको चाउचाउ हो भनेर दिएकोबाहेक अन्य थाहा नभएको बयान दिएको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेहरु हिमालय एअरलाइन्सबाट दुबई जाँदै थिए। एसएसप जबराका अनुसार उनी भिजिट भिसामा जान लागेक रहेछन्। गुल्मीका सन्तोष पन्थी, दिनेश राना लगायतका समूह पैसा पुर्याउन विमानस्थल पुगेका थिए। उनीहरूले ती सबै मुद्रा चाउचाउको कार्टुनमा राखेर उनीहरू चारै जनालाई विमानस्थल परिसरबाटै पक्राउ गरिएको एसएसपी जबराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्