
नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ ।
युरो एकको खरिद दर १४७ रुपैयाँ ३४ पैसा र बिक्री दर १४८ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६९ पैसा र बिक्री दर १७२ रुपैयाँ ४८ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको छ । यता भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्