सिनामंगलको खोटाङ ज्वेलर्समा शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ

अजय नेपाली 

पाेखराः काठमाण्डौँ सिनामंगलको खोटाङ हलेँसी ज्वेलर्समा बम भन्दै शंकास्पद वस्तु राख्ने रौतहटका २८ वर्षीय खजन्ती पासवानलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई प्रहरीले सिसिटिभी फुटेजका आधारमा पक्राउ गरेको हो। घटनास्थलमा नेपाल उत्थान क्रान्किारी पार्टीको नामबाट पर्चा समेत भेटिएको थियो।सीसीटीभी फुटेजमा उनले आज बिहान ७ बजेतिर शंकास्पद वस्तु राखेर हिँडेको देखिएको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तुलाई डिस्पोज पारेको थियो । शङ्कास्पद बस्तु बम भने नरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

1
Excited
0
Happy
0
In Love
0
Not Sure
2
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *