सिनामंगलमा भेटिएको शंकास्पद बस्तु नेपालि सेनाले पार्यो निष्क्रिय

प्रबिन पाण्डे 

काठमाण्डौँः काठमाण्डौँको सिनामंगलमा फेला परेको शङ्कास्पद वस्तु नेपालि सेनाले डिस्पोज गरेको छ । सिनामंगलको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि कालो टेपले बेरेको र तार बाहिर निस्किएको शंकास्पद वस्तु फेला परेको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो। शङ्कास्पद बस्तुमा बम भने नरहेको प्रहरीले जानकारी दिएको छ । सीसीटीभी फुटेजमा एक व्यक्तिले आज बिहान ७ बजेतिर शंकास्पद वस्तु राखेर हिँडेको देखिएको छ । सीसीटीभी फुटेजको आधारमा एक जना संन्दिग्ध व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ती व्यक्तिलाई प्रहरी वृत्त गौशालामा लगि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । उत्त बस्तुमा नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको थियो। गौशाला प्रहरीको टोलीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *