प्रा.वि. प नेपालको राष्ट्रिय परिषद् बैठक पोखरामा हुँदै

 

पोखराः प्राज्ञिक विद्यार्थी परिषद्,नेपालकले राष्ट्रिय परिषद् टिमको बैठक गण्डकी प्रदेशको राजधानी सुन्दर नगरी पवित्र स्थल पोखरामा हुने भएको छ ।

श्रावण ५ र ६ गते शुक्र र शनिबार पोखरा १७ मुस्ताङ चोक स्थित ‘ मानव मिलन केन्द्रमा सञ्चालन हुने परिषदका केन्द्रीय सदस्य एबम् कास्की जिल्ला संगठन सचिव भूपेन्द्र महराले बताउनु भएको छ ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल दलगत राजनीतिदेखि माथि रहेर ज्ञान, शील र एकताको आदर्शको साथमा व्यक्ति निर्माणको मध्यमद्वारा राष्ट्र पुनः निर्माणको उदात्त र पवित्र लक्ष्य लिएर देशको मौलिक सांस्कृतिक र राष्ट्रियताको संरक्षण र प्रबर्द्धन गर्दै देशको गरिमालाई उच्च स्वाभिमानका साथ विश्वमान चित्रमा एउटा अग्रणी एबम् समृद्धशाली राष्ट्रको रूपमा स्थापित गर्नको लागि शिक्षा, सामाजिक सांस्कृतिक एबं राष्ट्रियस्तरमा निरन्तर २८ वर्ष देखि अगाडि बढ्दै आएको छ ।

अनुशासन, नैतिकता, इमान्दारिता र सत्यविचारको निर्माणको साथमा विद्यार्थी शक्तिलाई सामाजिक गतिविधि, विभिन्न रचनात्मक गतिविधि, शैक्षिक तथा राष्ट्रिय महत्वका विविध विषयमा अभियान बहस सिर्जना, नीतिगत सुधारका लागि सरकार एबम् सम्बन्धित निकायसमक्ष सुझाव प्रस्तुत निरन्तर सामाजिक तथा सेवाको माध्यम बाट समाजको लागि आवश्यक कुशल तथा असल व्यक्ति निर्माणको लागि चिन्तनशील र समाजमा सक्रिय रहेको छ ।

यसै क्रममा उक्त बैठकमा देशको वर्तमान शैक्षिक, आर्थिक सामाजिक, सांस्कृतिक एबम् विविध विषयमा विशेष चिन्तन तथा छलफल गर्दै विद्यार्थी परिषद्को माध्यमबाट आगामी समयमा सञ्चालन हुने विभिन्न प्रशिक्षण, अभियान तथा गतिविधिको बृहत योजना निर्माणहुने परिषदले जनाएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *