बसले ठक्कर दिदा बाईक चालकको मृत्यु

बिना ढुङ्गाना

पाेखराः रुपा ३ पोल्याङको ठाटीथरमा बिहान बस र मोटरसाइकल ठक्कर हुदा १ जनाको ज्यान गएको छ । पोखराबाट बेसिसहर आउदै गरेको ग १ ख ७३८६ नम्बरको बस बिहान करिब ७ बजेको समयमा रुपा ३ पोल्याङ ठाटिथरमा बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकल सङ्ग ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि बाइकमा सवार दुइ यात्रु मध्य १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्को यात्रु गम्भीर घाइते भएका छन । बसमा सवार सबै यात्रु भने सुरक्षित रहेका छन ।

बाइकमा सवार घाइतेलाइ उपचारका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरी स्रोतले जानकारी गराएको छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
1
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *