प्रधानमन्त्री प्रचण्ड पत्नि दाहालको मुत्यु

बिना ढुङ्गाना

पाेखराः सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नि सिता दाहालको मुत्यु भएको छ। उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो। अस्पताको स्रोतको अनुसार सिताको आज बिहान करिब ८ बजे निधन भएको हो।

स्वास्थ्य अवस्थामा गम्भिर समस्या आएपछि उनलाई आज बिहाना अस्पताल लगिएको थियो  ।प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पतालमा पुगेका थिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग प्रोगेसिभ सुपरान्युक्लियर पाल्सि ( पि.एस पि.)रोगको चपेटामा परेकि सिता दाहाल लामो समय देखि ओछ्यान परेकि थिईन।

माओवादीको सल्लाहकार समेत थिइन् सीता

वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो ।

माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार सीता वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।

पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत भएकी थिइन् । पार्टीभित्रका संकट र विवाद समाधानमा उनले समन्वयकारी भूमिका निर्वाह समेत गरेकी थिइन् ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *