२०८२ बैशाख १५
९८५७६५०३३४, ९८५७६५००९३

घरपझोङ गाँउपालिकाको आफ्नै भवन

 

जाेमसाेम/मुस्ताङको घरपझोङ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन पाएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८-०७९देखि भवन बनाउने काम थालेको थियो । गाउँपालिकाले ७ करोड ५९ लाख ८५ हजारको लागतमा डाँफे हरि सन्त जेभी कन्ट्रक्सनसंग भवन बनाउने सम्झौता गरेको थियो ।

भवन निर्माणको काम सकिएसँगै भाडाको भवनबाट सञ्चालन हुँदै आएको कार्यालय आफ्नै भवनमा सर्ने तयारीमा छ । भवनको भौतिक संरचना निर्माणको काम सबै सकिएको इन्जिनियर सकलदेव शर्माले जानकारी दिए । भवन निर्माणका लागि संघीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत रकम खर्च भएको छ ।

भवनमा कुल ३२ वटा कोठा छन् । भवनमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष सहितको सचिवालय, न्यायिक समिति, सभाहल, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका कार्यकक्ष, स्तनपान कक्ष, सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर र शौचालय आदि छन् ।

प्रतिक्रिया दिनुहोस्