२०८१ आश्विन १९
९८५७६५०३३४, ९८५७६५००९३

वारागुङ मुक्तिक्षेत्र गापाका रोजगार संयोजक कर्मचारी शोनोपल थकाली पनि स्वबियु उम्मेदवार

 

हिमालपारिको जिल्ला मुस्ताङमा यतिखेर स्वबियु निर्वाचन २०७९ चैत्र ०५ गते तेज निरला जनहित बहुमुखी क्याम्पस जोमसोम मुस्ताङमा पनि हुन गईरहेको छ ।

चार बिद्यार्थी संघ संगठनहरूबाट उम्मेदवारी दर्ता र क्याम्पस स्वबियु निर्वाचन अधिकृतले अन्तिम उम्मेदवारहरूको नामवली प्रकाशन पछि । एमाले निकट अनेरास्वबियुबाट समानुपातिक स्वबियु उम्मेदवारमा उममेदवारी दिएका शोनोपल थकाली वारागुङ मुक्तिक्षेत्र गापामा रोजगार संयोजक भएर कर्मचारी भई कार्यरत छन् ।

सरकारी कोषबाट तलबभत्ता खाएका कर्मचारीहरूले स्वबियु उम्मेदवारी दिन नमिल्ने रहेछ । स्वबियु उम्मेदवार थकाली तेज निरला जनहित बहुमुखी क्याम्पसमा तेस्रो बर्षमा अधयनरत उनको समानुपातिक सदस्य पदका उम्मेदवार मतदाता नं ११३५३४ रहेको छ ।

एमाले निकट अनेरास्वबियुको कारण सरकारी कर्मचारी भएर कार्यरत भएका जिल्ला प्रशासन मुस्ताङका बुद्दिरत्न थकाली, मुस्ताङ जिल्ला अस्पतालका धिरज परियार र शनीलाल परियार र वारागुङ मुक्तिक्षेत्रका कर्मचारी शोनोपल थकालीहरूको कर्मचारी भएको कारण उम्मेदवारीमा उजुरी परेपछि उम्मेदवारी र जागीर धरापमा परेको छ । भने सम्बन्धित सरोकारवाला कार्यालयहरूले छानबीन र सोधपुछ गरी कार्वाही अगाडि बढाएको कुरा जानकारी भएको छ ।

स्वबियु निर्वाचन अधिकृतले पनि यस्तो संवेदनशील बिषयमा सोधखोज गरी उम्मेदवारी दर्ता गराउनु पर्ने थियो साथै नियम बिपरीत उम्मेदवारी दर्ता भएकोले चार जना सरकारी करमचारीहरूको उम्मेदवारी रद्द गरी मतदान समेत गर्न नपाउने गरी कार्वाही हुनुपर्ने तीन बिद्यार्थी संघ संगठनहरूको उजुरी मार्फत माग रहेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्