मेयर धनराज आचार्यले फुडी प्यालेसको उद्घाटन गरे

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा फुडी प्यालेस सञ्चालनमा आएको छ । औपचारिकरुपमा उद्घाटन गर्दै आजदेखि पोखरा ६ लेकसाइड स्ट्रीट नं. १३ मा फुडी प्यालेस रेष्टुरेण्ट एण्ड पार्टी हाउस सञ्चालनमा आएको हो ।

प्यालेसको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले युवाहरुले गरेको कार्यलाई सबैले हौसला दिनुपर्ने बताए । ‘मेयर पनि पार्टी प्यालेसको उदघाटन गर्दै हिड्छ भन्छन् तर कुरा त्यस्तो होइन । युवाहरुले गरेको कार्यलाई प्रोत्साहन गर्नु हाम्रो दायित्व हो । पोखरा महानगरको अभिभावकको हिसाबले पनि युवाहरुको कार्य थालनीलाई हौसला दिनु मेरो कर्तव्य हो ।’ –मेयर आचार्यले भने ।

युवा व्यवसायी राजन शर्मा पराजुलीले उक्त प्यालेस सञ्चालनमा ल्याएका हुन् । स्वादिष्ट परिकारका साथमा विबाह, ब्रतबन्ध, विभिन्न कार्यक्रम, सभा, सम्मेलनलगाएत पार्टी तथा रेष्टुरेण्ट सम्वन्धि सबै सेवाहरु उपलब्ध गराइने सञ्चालक पराजुलीले जानकारी दिए ।

 

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *