वडाध्यक्षले कुटपिट गरेको भन्दै माछापुच्छ्रे ८ का ईन्जिनियरले दिए प्रहरीमा उजुरी

 

पोखराः कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्वर ८ का ईन्जिनियरलाई वडाध्यक्षले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । वडा नं. ८ का वडाध्यक्ष रामबहादुर गुरूङले  शुक्रबार बिहान १० बजे कुटपिट आफुलाई कुटपिट गरेको भन्दै इन्जिनियर लक्ष्मण जिसीले उजुरी दिनुभएको हो ।

e.jpg

उजुरीमा वडाध्यक्षले  सार्वजनिक ठाउँमा अश्लील गाली गलौज गर्दै कुटपिट गरेको र कुटपिटका कारण जिसीको नाकमा चोट पुगेको उल्लेख गरिएको छ। वडाध्यक्षलाई आवश्यक कारबाही गर्न ईन्जिनियर जिसीले माग गर्नुभएको छ ।

ujuri.jpg

यसैबिच जिसीलाई अश्लील गालीगलौज हातपात गरेको विषयप्रति कास्की जिल्लामा रहेका क्रियाशील ट्रेड यूनि यनले  विज्ञप्ति मार्फत वडाध्यक्षलाई कारबाहीको माग गरेका छन् । घटनाप्रति ट्रेड युनियनले घोर निन्दा एवं भर्त्सना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कुनाकाप्चासम्म पुगी काम गर्ने कर्मचारीलाई हौसला प्रदान गरी कामकाजमा लगाउन पर्नेमा पटक–पटक अश्लिल गाली गर्ने तथा हातपात गर्ने विषय कुनै पनि हालतमा क्षम्य गर्न नहुने विज्ञप्तिमा छ ।

bigyapti_W5UoTIFxtp.webp

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *