राप्रपा नेपालले मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्ने

 

हिमालपारिको दुुरदराजमा रहेको जिल्लामा रबि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मुस्ताङदेखि प्रतिनिधि सभामा सुदेश गुरुङले प्रत्यक्ष उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार गुरुङ नेपालमै कान्छो यम्मेदवारमा गणना भएका छन् । पटक पटक पुरानै अनुहार आउने र खासै जिल्लामा बिकास नगर्ने जनप्रतिनिधिहरुका लागि उनी यतिखेर घण्टी चिन्ह लिएर मुस्ताङको समृद्धिको लागि उम्मेदवारी दिएका छन् ।

राप्रपा नेपालको तर्फबाट मुस्ताङदेखि प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष उम्मेदवारी दिएका प्रबिण कुमार शेरचनले आफु उम्मेदवारी भएपनि युवा नेता सुदेश गुरुङलाई सघाउने भएका छन् ।

अबको मुस्ताङलाई बिकसित बनाउनको लागि सुदेश गुरुङको अहमकारी भूमिका रहने हुंदा आफ्नो उम्मेदवारी त्याग गर्दै गुरुङलाई जिताउन आफ्ना पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई शेरचनले सघाउन अनुरोध गरेका छन् ।

राप्रपा नेपालकी प्र्रदेश उम्मेदवार कर्म ढोल्कर गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सघाउने गरी राप्रपा नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी बिच एक आपसमा सघाउने गरी सहमति भएको दुबै पार्टीका अध्यक्षले बताएका छन् ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *