२०८१ कार्तिक २०
९८५७६५०३३४, ९८५७६५००९३

थासाङको सौरुमा नवौं गाउँ स्तरीय भलिबल प्रतियोगिता हुदै

असोज १६ र १७ गते हुन गईरहेको भलिबल प्रतियोगिताको लागि १६ गते बिहान ९ बजेदेखि समूहको नाम दर्ता गर्न सकिनेछ ।

असोज १३ थासाङ । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ २ सौरु गाउँमा गाउँ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । बडा दशै तथा दीपावलीको अवसरमा यो कार्यक्रम हुन लागेको आयोजक सिक्स् स्टार युथ क्लव सौरुले जनाएको छ ।

आयोजकको अनुसार गाउँ स्तरीय भलिवल खेलले युवा जनशक्तिमा खेलको रुची बढाउने छ । जसबाट गाउँगाउँमा खेलाडीहरु बढदैजाने छ यसले स्थानीय स्तरमा मैत्रिभाव बढ्नुको साथै नयां खेलाडीहरुको उत्पादन हुने कुरामा जोड दिएका छन् ।

असोज १६ र १७ गते हुन गईरहेको भलिबल प्रतियोगिताको लागि १६ गते बिहान ९ बजेदेखि समूहको नाम दर्ता गर्न सकिनेछ । खेलमा भाग लिनलाई बढिमा ८ जना खेलाडी हुनुपर्ने छ भने खेलाडी समूह दर्ता गर्न प्रत्येक समूहले ४ हजार दस्तुर तिर्नु पर्ने आयोजकले बताएका छन् ।

सौरु सामुदायिक खेल मैदानमा हुन गईरहेको गाउँ स्तरीय भलिबल प्रतियोगितामा सहभागि हुनलाई सबैमा आयोजक क्लवले आब्हान गरेका छन् । यस खेल प्रयोगितामा जिल्ला भरीका हरेक गाउँका क्लवहरुले प्रतियोगितामा भाग लिन सक्ने छन् ।

प्रतियोगितामा पहिलो पुरस्कार नगद रु ४० हजार मेडल ट्रफी र प्रमाण पत्र , दोस्रो पुरस्कार नगद रु २५ हजार मेडल ट्रफी र प्रमाण पत्र । त्यसैगरी उत्कृष्ट खेलाडीको लागि नगद रु १ हजार ५ सय रुपैया ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताए ।

आयोजकको अनुसार खेल अवधिभर खेल खेल्दा कुनै बिवादका समस्या आाएमा आयोजक र रेफ्रीको निर्णय अन्तिम हुने छ । भने खेल गाउँ स्तरीय खेलाईने हुंदा एउटा गाउँको खेलाडी अर्को गाउँबाट खेल्न नपाईने बताएका छन् ।

खेल मैदानमा कुनै समूह खेलाडीले आफ्नो १ जनालाई प्रोटेष्ट गर्न परेमा थप दस्तुर रु ५ सय लाग्ने आयोजक क्लवले बताएको छ । साथै उपस्थित खेलाडीहरु खेलमा भाग लिन आयोजकको निति नियममा रही क्लवको मर्यादा पालना गर्नुपर्ने कुरा आयोजकले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्