२०८१ भाद्र २२
९८५७६५०३३४, ९८५७६५००९३

अनुगमनको लागि गण्डकी प्रदेशकी स्वास्थ्य मन्त्री मुस्ताङमा

 

असोज ७ जोमसोम मुस्ताङ । हिमालपारिको जिल्लामा रहेका स्वास्थ्य क्षेत्रको अवस्था के कस्तो रहेहो छ । भनी अनुगमन गर्न गण्डकी प्रदेशकी स्वास्थ्य मन्त्री मुस्ताङमा आएकी हुन् ।

खासमा जिल्ला अस्पताल जोमसोमको अवस्थाको बारेमा नजिकबाट बुझ्नलाई माननीय मन्त्री मधु अधिकारी गुरुङको उपस्थिति रहेको थियो ।

स्थानीय निर्वाचन पछि अस्पताल ब्यवस्थापन समितिको अध्यक्ष पद रिक्त रहेको थियो । उक्त पदमा सृष्टि चौधरीलाई पदस्थापन मन्त्री गुरुङबाट भएको हो ।

जिल्ला अस्पतालमा रहेका समस्याहरुको गम्भिर रुपमा पहिचान गरी आगामी दिनहरुमा यसै जिल्ला अस्पतालबाट बिभिन्न रोगहरुको उपचार हुनेगरी ब्यवस्था गर्ने मन्त्रीले बताईन् ।

अस्पताल समितिमा रहेका ९ जना पदाधिकारीहरुले जिल्लाका ५ गाउँपालिमा बांडीएर कामको जिम्मेवारी लिनुपर्नेमा जोड दिईन । भने जनता र बिरामीहरुको हितमा काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिईन ।

अस्पतालको समस्याहरु के कस्तो छ भन्ने बिषयमा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष भिम बहादुर रसाइलीले प्रष्टाएका थिए ।

अस्पतालमै सिटी स्क्यान मेशीन , बिबिध रोगको उपचार , भिडीयो एक्सरे मेशीन र आवश्यक उपकरणहरुको ब्यवस्थापन गरी सेवा उपलब्ध गराउने प्रकृया अगाडी बढाउने कुरा मन्त्री गुरुङले बताईन् ।

प्रतिक्रिया दिनुहोस्