मुस्ताङमा भब्यताको साथ बिश्व आत्महत्या न्युनिकरण दिवस

 

असोज २ जोमसोम मुस्ताङ । हिमालपारिे जिल्लामा पनि समुदाय साझेदारी कार्यक्रम अन्तर्गत आयोजक जिल्ला प्रहरी कार्यालय र घरपझोङ गाउँपालिको सहयोगमा बिश्व आत्म हत्या न्युनिकरण दिवस मनाए ।

आत्महत्या न्युनिकरणको लागि समाजमा रहेका सरोकारवालाहरुको भूमिका कस्तो हुनुपर्ने रहेछ । साथै यस्ता समस्याको समधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा प्रनाउ रबिन्द्रनाथ पौडेल र डा. तेजेश कुमार शाहको प्रस्तुती रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । भने सभाध्यक्ष घरपझोङ गापाको अध्यक्ष मोहनसिह लालचन रहेका थिए ।

उक्त दिवसमा प्रहरीको कार्यक्रममा उत्साह जनक बाक्लो जन सहभागिताहरुको उपस्थिति रहेको प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले बताए ।

कार्यक्रममा सुरक्षा निकाय , शिक्षक , बिद्यार्थी , आमा समूह , नागरिक समाज , राजनैतिक दल , बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *