एकीकृत समाजवादीले संघ र प्रदेशका समानुपातिक सांसदलाई नदोहोर्याउने

 

काठमाडौं, असोज १
नेकपा ( एकीकृत समाजवादी ) ले  प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई पुनः सोही कोटामा उम्मेदवार नबनाउने भएको छ ।

नेकपा एकीकृत समाजवादीका महासचिव डा .बेदुराम भुसालले  शनिबार एक  प्रेस विज्ञप्ति जारी गर्दै विगतमा दुईपटक वा सो भन्दा बढी समानुपातिक सांसद र राष्ट्रिय सभाको सदस्य भएकालाई पनि समानुपातिक बन्द सूचीमा नराखिने जनाउनु भएको छ ।

एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएकाहरूलाई पनि समानुपातिक सूचीमा नराख्ने भएको छ । सो पार्टीले विगतमा अवसर नपाएकालाई समानुपातिकमा अवसर दिने भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

Web capture_17-9-2022_155632_1663409897.jpeg

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *