हाम्रो अमुल्य मत अव जन बिकासमा

 

कोरोनाले थलाएको , बिकासले गलाएको , बिनासले सताएको र गरिबीले हिर्काएको यो मातृभूमि रोएको बेला । लाखौ नेपालीका छोराछोरी बिदेशिएको बेला , गास , बास र कपासबाट जनता पीडित भएको बेला साथै देशले मन दुखाएको बेला । जनताका जन जीवन भत्किएको बेला फेरी हाम्रो माझ स्थानीय निर्वाचनले छोड्दै गरिरहेको बेला फेरी आउंदो मंसीर चार गते प्रदेश र संघको निर्वाचन हुने भएको छ । हो नेपालको शासकीय ब्यवस्थालाई कायम राख्न निर्वाचनको महत्व रहने गरेको हुन्छ । तर जनताले धेरैजसो निर्वाचनबाट के के पाए सुखकी दुख अब जान्न जरुरी हुनेभो ।

जनतालाई खोस्रो आश्वासन दिएर जनप्रतिनिधि हुन पुगेका , नैतिक पतन भएका , भ्रष्टचारीमा मुछिएका र गैर पार्टीका कार्यकर्ताको नै हालीमुहाली हुन्छ । सामन्त वर्ग , ठेक्दारी , गुण्डा र हिरासतमा रहेकाहरुको हातमा उम्मेदवारको टिकट हुन्छ । अनि देश र जनताको बिकास कसले गरिदिने यो आफैमा चुनौति हो । यसलाई अवका दिनमा मतदाताहरुले कुरा बुझ्न जरुरी हुन्छ । बिकास गर्ने स्वच्छ छवी भएका उम्मेदवारहरुलाई बिजय गराउन जरुरी भयो ।

बिकासका लागि पर्खि बसेका जनता र देशका गाउँपाखाहरु लामो समयदेखि भोग , प्यास र रोजगारका लागि कुरी बसेका नेपाली जनताहरु अझै थाकेका छैनन् । तर हाम्रो माझ बिकास आएन जनमुखी शासन भएन र जनताको घरमा रासन आएन भन्नेहरु बाक्लै छन् । यस्तो बिसम परिस्थितिमा पनि पाँच बर्षसम्म हराएका जनप्रतिनिधि र नेताहरु हामी सबैका घर आगन डुल्न थालेका छन् । भोगा पेट र रोजगारले भौतारिएका छाप्रोमा बस्ने मत भएकाहरुको घर आगनमा डुल्नघुम्न थालेका उम्मेदवारहरुलाई जनताले चिन्नुपर्छ जनमुखी बिकास गर्नेलाई मात्र मतदान नगरे हामी फेरी पछुताउनु पर्ने हुन्छ ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *