कर्मचारी सरह शिक्षकको पनि सरुवा हुनुपर्छ

 

सामुदायिक बिद्यालको शिक्षालाई गुणस्तर र दिगो बनाउने हो भने एउटै बिद्यालयमा लामो समयसम्म अध्यापन गरी शिक्षक बस्नु हुदैन । कर्मचारीहरु करीब दुई बर्ष भित्रमा सरुवा भएर जानु पर्ने तर शिक्षकहरु भने पावरवाला चश्मा लगाएर चाहुरिएका अनुहार लिएर एउटै बिद्यालयमा पढाउने कु चलनको अन्त्य हुन जरुरी भयो । बाजे , बा , छोरा र नातिलाई एउटै शिक्षकले पढाउने अनि बैञानिक र समय सुहाउंदो शिक्षाको आशा गर्ने हामी कति अबुझ छौ । त्यसैले दुई दुई बर्षमा हरेक शिक्षकहरुलाई फेरबदल गर्न सरुवा गरिनु पर्छ तबमात्र शिक्षामा गुणस्तर र शिक्षकमा जांगरको साथमा नयांपनको बिकास हुनेछ । शिक्षकहरुले सेवा सुबिधा कर्मचारी सरह खोज्ने काम चाही सेवाको उमेर नपुग्दासम्म एउटै बिद्यालय रोज्ने अनि अभिभावकहरुले गुणस्तरीय शिक्षा खोज्ने । त्यसैले स्थानीय सरकार शिक्षकहरुलाई पनि कर्मचारी सरह सेवा सुबिधा दिएर सरुवा गर्ने वातावरणको शूरुवात गरौं ।

यो खबर पढेर कस्तो महसुस भयो?

1
Excited
1
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *