२०८१ भाद्र २३
९८५७६५०३३४, ९८५७६५००९३

थासाङको खेल मैदानमा मेघौलीको जित

 

भदौ २४ कोवाङ । थासाङ गापामा धौलागिरी युवा क्लब कोवाङले खुल्ला भलिवल तथा ताराखेल प्रतियोगिता गत सुक्रबार सम्पन्न गरेको छ । तेस्रो वडा स्तरीय भलिबल तथा तारा खेल प्रतियोगितामा जिल्ला भित्र र बाहिरी जिल्लाको गरी १६ समूहका खेलाडीहरुले भाग लिएका थिए ।

आयोजना गरिएको उक्त खेलमा धौलागिरी युवा क्लव कोवाङ ए र बी , निर्मल स्पोर्टीङ क्लव लेते ए र बी , मेघौली चितवन । अन्नपूर्ण युवा क्लव कुञ्जो , झिप्रा देउराली , घांसा , ठिनी , मार्फा , जोमसोम , टुकुचे , काभ्रे दाना , दोबा , राखु र छयो गरी १६ समूहले भाग लिएका थिए ।

गत मंगलबार २१ गतेदेखि सञ्चालन भएको खेल शुक्रबार २४ गते सम्पन्न उक्त खेलमा भलिबल प्रतियोगिताको उपाधि चितवनको मेघौली युवा क्लबले हात पारेकोमा ३ सेट मेघौली र १ सेट धौलागिरी युवा क्लब कोवाङले जित हांसील गरेका थिए ।

उक्त खेलमा १५ टिमलाई उछिन्दै उत्कृष्ट खेल प्रर्दशन गरेका मेघौली क्लबले नगद ६५ हजार रुपैँयाँ सहित मेडल , ट्रफी र प्रमाणपत्र हात पारी प्रथम हुन पुगेका छन् । भने दोस्रो स्थान धौलागिरी युवा क्लव कोवाङ ४० हजार नगद र ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यसैगरी उक्त भलिवल प्रतियोगितामा धौलागिरी युवा क्लवका अजित गौचन सर्बकृष्ट खेलाडी घोषित हुन पुगे । गौचनले ३५ सय नगद , ट्रफी , मेडल र प्रमाण पत्र हात पारेका छन् ।

स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने नारा सहित सञ्चालन भएको उक्त खेलले खेलाडीहरुको उच्च मनोबल बडाउन सहयोग गर्नेे मेघौलीका क्याप्टेनले बताए । यसबाट जिल्ला भित्र र बाहिरबाट आएका खेलाडीहरु बिच सम्बन्ध कायम अुने कुरामा जोड दिएका थिए ।

मुस्ताङ जिल्ला भित्र सञ्चालन भएको यस खेलले खेलाडी र खेलकूदमा थप उर्जादिने छ । साथै स्थानीय , क्षेत्रिय र राष्ट्रिय स्तरको खेलमा समेत स्थानीय खेलाडीहरुलाई समाबेस गराउन टेवा पुग्ने कुरा आयोजक क्लबका अध्यक्ष मन प्रसाद गौचनले बताए ।

उक्त कार्यक्रमको समापन समारोहमा बिजय खेलाडीहरुलाई थासाङका मिर मुखीया ज्वाहार भट्टचन, क्लबका अध्यक्ष मनप्रसाद गौचन, पुर्व वडाध्यक्ष नरप्रसाद हिराचन र समाजसेवी मिनप्रसाद थकालीले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्