राजनैतिक दलसंग प्रहरी नायव उपरीक्षकले गरे छलफल

 

जिल्ला प्रहरी कार्यालय मुस्ताङमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाण्डौबाट प्रहरी नायव उपरीक्षक पदमा रबिन्द्रनाथ पौडेल सरुवा भै आएका छन् ।

यतिखेर जिल्लामा रहेका राजनैतिक दल प्रमुखहरुलाई भेटेर छलफल गरेका छन् । आफ्नो सेवा अवधिको ८ बर्ष प्रहरी नायव उपरीक्षक पदमा रहेर काम गरेको उनले बताए ।

जिल्लामा राजनैतिक दलहरुको ठुलो भूमिका रहने हुंदा अपराध नियन्त्रण गर्न र हुनसक्ने घटणाहरुको न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालयले के कस्तो भूमिका निभाउनु पर्ने हो प्रनाउ पौडेलले दलसंग सल्लाह सुझाब मागेका थिए ।

छलफलमा उपस्थित राजनैतिक दलका प्रतिनिधिहरुले बिगत र हालको जिल्लाको अवस्था बारे प्रनाउ पौडेललाई सुझाएका थिए । साथै सदैव कसैको भनसुनमा नलागि जनमुखी कार्य गर्न उपस्थित दलका नेताहरुरले आफ्नो भनाई राखेका थिए ।

उक्त छलफल कार्यक्रममा नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी र राप्रपा पार्टीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *