जन्मेपछि धर्ति छोड्नु पर्ने यो सांसारीक दुनियाँमा जिल्लाका बरिष्ठ समाजसेवी सोहनलाल थकालीले हाम्रो माझबाट सधैलाई बिदा लिएका छन् । पिता सुब्दार बाबुलाल थकाली र माता पतेन्देबी थकालीको कोखबाट १९९३ साल माघ १५ गतेमा हालको घरपझोङ गाउँपालिका वडा नं ४ जोमसोममा स्व. थकाली जन्मेका हुन् ।
हक्की , निडर र निश्पक्ष स्वभाबका धनी उनी ८७ बर्षको उमेरमा आफ्नै घरमा सबैलाई स्तब्द बनाई बि.स. २०७९ भाद्र ३ गतेका दिन स्वर्गरोहण भए । शिक्षा बिना जिल्लाको बिकास हुदैन भन्ने सोच बोकेका उनले हालको जनहित नमूना माबिमा बिद्यालयको पहिलो शुरुवातमा बिद्यालय खोली सस्थापक शिक्षक भएर अध्यापन स्व. थकालीले गरेका थिए ।
मुस्ताङ जिल्लाको सदरमुकाम हालको दाना म्याग्दीमा हुने बेला स्व. थकाली पूर्व जिल्ला पञ्चायत मुस्ताङका उप सभापति पदमा रहेर जिल्लाको सेवा गरेका थिए । त्यसैगरी स्व. थकाली जोमसोम गाउँ पञ्चायतका प्रधान पञ्च , ने.रे.सो. मुस्ताङका जिल्ला उप सभापति र बिभिन्न सामाजिक संस्थाहरुमा रहेर आफ्नो जिल्लाको सेवा गरेका थिए ।
एकमात्र छोरीका सन्तान भएका स्व. थकालीले हालको घरपझोङ गापा १ छैरो गाउँमा स्थायी बसोबास गर्ने स्व. पिता काली प्रसाद थकाली र स्व. माता धनदेबी थकालीको जेठी छोरी चन्द्र कुमारी थकालीसंग २०११ सालतिर बिवाह गरेका थिए ।
समाज रुपान्तरण गर्न लागि पर्ने उनी शैक्षिक अभियन्ता भएर मुस्ताङमा उदाएका थिए । अरुको दुख र समस्या देख्न नसक्ने तुरुन्त सहयोग गर्ने गुणकारी स्वभाबका धनीको स्वर्गहरोणबकाट सबैलाई दुखीत तुल्याएको स्थानीय बासीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्