बिगत २०६४ सालमा बिधिवत रुपमा हिमालपारिको जिल्ला मुस्ताङमा छापाखाना मुस्ताङ अफसेट प्रेस दर्ता भई सञ्चालनमा आएको कुरा सबैलाई अवगत भएको बिषय हो । दुरदराजको जिल्लामा यसरी छापाखाना सञ्चालन गर्नु आफैमा चुनौति हुंदाहुंदै पनि उद्योग स्थापना भई छापाखानाले काम गर्न थाल्यो । तर यहांका हरेक छपाईका कामहरु जिल्ला बाहिर जानु आफैमा दुखको कुरा हो । यसको लागि हरेक सरकारी तथा गैर सरकारी कार्यालयहरुले खासै चासो देखाईएको पाईन्न । त्यसको प्रमुख कारण भनेको कर्मचारीहरु तल झर्दा छपाईको काम संगै लैजाने परिपाटीको उदय हुनाले हो ।
जुनसुकै कार्यालय भएता पनि त्यहांका कर्मचारीहरु घर जान पाउने , बिलभरपाई मिलाएर ल्याउन पाउने भएकै कारण छपाईका काम जिल्ला बाहिर जाने गरेको तितो सत्य हो । जिल्लामा रहेको उद्योगलाई बडवा दिनु पर्छ भन्ने कसैको सोच नहुंनाले हो । पत्रिको काम र छपाई गर्न यस जिल्लामा धेरै कठिनाई छ यसको सहजताको लागि सरोकारवाला निकायरुले पहल कदमी गरेको पाईन्न । तर हिमालपारिको जिल्लामा लगानी गरेर अफसेट प्रेस सञ्चालनमा ल्याउनु भनेको आफैमा चुनौति हो । जिल्लाको गहनाको रुपमा स्थापित मुस्ताङ अफसेट प्रेसलाई हेर्ने कुरामा सुधार आउन जरुरी हुन्छ तर त्यसो हुन सकिरहेको छैन ।
छपाई सम्बन्धीत कार्य गर्न बिधिवत रुपमा दर्ता हुन जरुरी हुन्छ तर यताकता स्ट्याम बनाउने र मुद्रण सम्बन्धीको कार्य लुकीछिपी गरेको बुझिएको छ । यो यस्तो कार्य कानूनबाट निन्दनीय हो यसतर्फ सरोकारवाला निकायहरुको ध्यान जान जरुरी हुन्छ । हिमाली जिल्ला भन्दैमा मुद्रणसंग सरोकार राख्ने कुनै पनि छपाईका काम दर्ता नगरी गैर तरिकाले गर्न मिल्दैन । अबका दिनहरुमा जिल्लाका स्थानीय तहदेखि सरकारी तथा गैर सरकारी कार्यालयहरुले छपाईका कामहरु जिल्लामा गर्ने वातावरणको सृजना गर्न सक्नु पर्छ । जिल्लाको काम जिल्ला भित्र गर्ने वातावरणको बिकासहोस् यसको लागि सरोकार निकायहरुले पहलकदमी गरिदिनु पर्छ ।
प्रतिक्रिया दिनुहोस्