२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

नाकै थुन्नु पर्ने भयो जोमसोम एयरपोर्ट क्षेत्र

 

हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम रहेको क्षेत्र यतिखेर भने नाक थुन्नु पर्ने दुरगन्धित हुन पुगेको छ । बेनी जोमसोम सडक निर्माण गर्ने काम अलपत्र हुन पुगेपछि काम अधुरो हुंदा घरबाट निस्किएका फोहोर पानी जताततै बग्न थालेको छ । भने फोहोर पानी बग्न नपाउदा माटोले बनेको धेरैजसो कच्ची घरका जगमा पानी पसेर जोखिम अवस्थाको सृजना हुंदा पनि सरोकार निकाय मौन छ । यसको समाधान कहिले हुने हो अत्तोपत्तो छैन अलपत्र परेको छ मुटु मानिने जोमसोम एयरर्पोट क्षेत्रहरुको समाधान कहिले हुने हो सोचनिय बिषय बन्न पुगेको छ । निलो झोलुङगे पुल नेपाली सेना को क्याम वरपर नाक थुन्न पर्ने गरी दुरगन्ध आउँछ यसको समाधान हुनेकी नहुने । कागबेनीको पिण्डदान गर्ने क्षेत्र वरपर सिक्सिक् लाग्ने फोहोहरु यत्रतत्र छरिएका छन् त्यसको ब्यवस्थापन हुन सकिरहेको छैन किन । जोमसोम एयरर्पोटको हालत त लथालिङग भयो एकातिर बाटो खत्तम अर्कोतिर जुठेल्लो पानी चारैतिर बग्न थालेपछि डुङडुङ नाकेवास्ना आउन थाल्दा स्थानीयदेखि पर्यटकहकरुले नाक थुन्नुपर्ने भएको छ यसको समधान कहिले सरोकारवाला निकायहरु अलपत्र सडक कहिले बन्छ हिउँद शुरु हुन लाग्योनी होईनर ।

प्रतिक्रिया दिनुहोस्