२०८१ मंसिर २७
९८५७६५०३३४, ९८५७६५००९३

बनिसकेको कम्युनिष्ट पार्टीलाई ओलीले भताभुङ्ग पारे – अध्यक्ष नेपाल

अहिले  ठुलो कुरा गर्ने तर पैसा देखेपछि लोभ गरिहाल्ने संस्कृति बढेको छ। त्यसैले नेताहरूबाटै भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा लाग्ने निर्णय गर्नुपर्छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बनिसकेको कम्युनिष्ट पार्टीलाई केपी ओलीले भताभुङ्ग पारेको बताउनु भयो ।

पार्टीको उपत्यका युवा विशेष  जिल्ला कमिटीको तिज विशेष सांस्कृतिक कार्यक्रम  भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  कम्युनिष्टहरू एकैठाउँमा आउनुपर्ने र सबैलाई समेट्ने नेता चाहिने उल्लेख गर्दै भन्नुभयो ‘ओलीले पार्टी फुटाएर संविधान कुल्चिए । संसद् विघटन गरे । अदालतको फैसलाको नाममा कम्युनिष्ट पार्टीलाई टुक्र्याइ दिएको बताउनु भयो ।’ हामी चट्टानी अडानमा उभिएर नयाँ पुस्तालाई अगाडि बढायौँ। हामीले देशभर संगठन बनाएर पार्टीको उपस्थिति देखाइसकेका छौँ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको विकल्प नै नभएको बताउँदै चुनाव माध्यम र साधन मात्र भएको भन्दै  जनतादेखि जनतासम्म पुग्नको लागि राजनीति गर्ने निर्देशन दिनुभयो ।  अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन र पार्टीहरूमा विकृति फैलिएको बताउँदै ‘ मवादी ’ संस्कृति बढेकाले ‘हामीवादी ’ सोच नै हराइसकेको बताउनु भयो  । उहाँले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ ।

‘सबैले मम भनेर आफैले सुधारेर अगाडि बढ्नुपर्छ। बाटो बिराएको मान्छे जनताबाट अलग हुन्छ। अहिले  ठुलो कुरा गर्ने तर पैसा देखेपछि लोभ गरिहाल्ने संस्कृति बढेको छ। त्यसैले नेताहरूबाटै भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा लाग्ने निर्णय गर्नुपर्छ। नेताले मात्रै होइन प्रधानमन्त्रीबाट पनि गर्नुपर्छ’ उहाँले भन्नुभयो  ‘नेता ठिक भइसकेपछि मात्रै अरु ठिक हुन्छ। नेता नै भ्रष्ट भएपछि अरुले टेर्न छाड्छन्। असल आदर्शमा लागे कसैले औँला उठाउन सक्दैन। उहाँको भनाई थियो ।

उहाँले आफूहरू आठ जना मिलेर २०३२ सालमा कोओर्डिनेसन केन्द्रको स्थापना गरेको बताए। जसमध्ये तीन जनाले राजनीति छाडेको र तीन जना एकीकृत समाजवादीमा रहेको पनि बताउनु भयो ।  ‘केपी ओली त १२ वर्षपछि त्यो बेला जेलमा थिए उनी । को के बनेको १२ वर्षपछि बल्ल केन्द्रीय कमिटीका सदस्य बनेका हुन् । २०४४ सालमा उनी केन्द्रीय कमिटीका सदस्य बनेका हुन् २०३२ मा होइन,’ उहाँले भन्नुभयो ।कम्युनिस्ट पार्टीको एकीकरण तथा निर्माणमा केपी ओलीको कुनै योगदान नरहेको दावी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्