इतिहासमै पहिलो पटक मुस्ताङ जिल्ला अस्पतालमा अप्रेशन गरी बच्चा जन्मियो

अप्रेशन गरी बच्चा जन्माउन नऔ तहका एम्डिजीपी डा. कुन्दन कर्ण , निमित्त मिसु डा. बिशाल तिवारी , मेडीकल अधिकृत डा. राजिब सापकोटा । स्टाफ नर्सहरु सुनीता श्रीमल र नीता घर्तीमगर साथै कास सतीलाल परियारको टिम अप्रेशनमा खटिएका थिए ।

भाद्र १ जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङमा रहेको एकमात्र जिल्ला अस्पताल जोमसोममा ईतिहांसमै पहिलो पटक प्रसुति सेवातर्फ डेलिभरी केसको सफल अप्रेशनबाट बच्चा जन्मिएको छ ।

थसाङ गाउँपालिका वडा नं ३ कालोपानी बस्ने पिता मनिष परियार र माता अनीता परियार बर्ष २४ को कोखबाट पहिलो पटक अप्रेबन गरी बच्चा जन्मिएको हो ।

गत साउन २९ गते डेलेभरी गराउन परियार मुस्ताङ जिल्ला अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । साधरण तरीकाले बच्चा नजन्मिएपछि पहिलो पटक शल्यक्रिया गरी बच्चा जन्मेको अस्पतालले जानकारी दिएको छ ।

भाद्र १ गते बिहान ६ बजेर ३६ मिनेट जांदा २ किलो ८ सय ग्राम तौल भएको छोरा सफल अप्रेशन गरी जन्माउन सकिएको चिकित्सकहरुले बताए । हिमाली जिल्लामा स्रोतसाधनको अभाव हुने ठाउँमा पनि सफल अप्रेशन हुनु राम्रो कुरा भएको उनीहरु बताउँछन् ।

अप्रेशन गरी बच्चा जन्माउन नऔ तहका एम्डिजीपी डा. कुन्दन कर्ण , निमित्त मिसु डा. बिशाल तिवारी , मेडीकल अधिकृत डा. राजिब सापकोटा । स्टाफ नर्सहरु सुनीता श्रीमल र नीता घर्तीमगर साथै कास सतीलाल परियारको टिम अप्रेशनमा खटिएका थिए ।

अस्पतालमा सुत्केरी सेवा , हार्डजोनीको सामान्य शल्यक्रिया , हाईड्रोसील र एपेन्डिक्सको शल्यक्रिया , परिवार नियोजन र भ्याक्सेटोमी , सामान्य शल्यक्रिया र सरगम सिजनका उपचार हुने निमित्त मेसु तिवारीले बताए ।

स्थानीय सरकार घरपझोङ गापाले शल्यक्रिया सेवा प्रोत्साहन भक्ता दिने गरी निर्णय भएता पनि हालसम्म लागू नहुंदा चिकत्सिकहरुले दुख ब्यक्त गरेका छन् । त्यसैगरी अप्रेशन गर्दा बेहोस गर्ने चिकित्सकको नियुक्ति गर्नु पर्ने निमेसु तिवारीले बताए ।

दुर्गम जिल्लामा पनि सेवा सुबिधा सम्पन्न अस्पतालको सेवा दिन सकिन्छ । तर यसको लागि स्थानीय , प्रदेश , संघ सरकार र सरोकारवाला निकायहरुले चासो लिनु पर्नेमा अस्पतालले सुझाएको छ ।

अपरेसन पछि नरमल वार्डमा लादै गरेको तस्विरको दृष्य

यो खबर पढेर कस्तो महसुस भयो?

3
Excited
12
Happy
4
In Love
1
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *