जिल्लाको बिकास भन्दा पनि जातियता नारा लगाउने कसरी हुन्छ मोटो रकम खर्चेर चुनाव जित्ने जितेपछि जनतामा मुख नदेखाउने परिपाटी ।
सााउन २५ मुस्ताङ । देशको राजधानी रहेको स्थानदेखि धेरै टाडा दुर दराजको हिमाली जिल्ला मुस्ताङ अथा प्रकृतिको सौन्दर्यताले भरिपूर्ण भएको ठाउँ हो । बिगतको ईतिहांसलाई हेर्न हो भने तिब्बतसंग ब्यापार हुने मुल बाटो यतैबाट थियो ।
जुनबेला तिब्बतमा नेपालको मुद्रा चलन चल्तिमा रहेको थियो त्यसै बेलादेखि आफ्नो नाम अगाडि ल्याउन सकेको मुस्ताङ । तर त्यो बेलादेखि यो बेलासम्म जति चर्चामा आउन पर्ने हो त्यो भएन ।
बिकासले पछि परेको यो जिल्लाको अवस्थालाई हेर्ने हो भने राजनैतिकसंग जोडिन्छ । जनताले जिल्ला र स्थानीयको बिकास खोजेर पटक पटक मतदान गरी बिश्वास गरिएका जनप्रतिनिधिहरुबाटनै खासै काम भएन ।
लगातार एउटै ब्यक्ति पटकपटक लामो समयसम्म जनप्रतिनिधि र पार्टीका प्रमुख भएर रहंदाको कारणले यस ठाउँको बिकास धिमेगतिमा गएको हो । जनपक्षिय सोेच भन्दा पनि मान र सम्मानले पुकारिनु पर्ने जनप्रतिनिधिहरुको उदयले जिल्लाको खासै बिकास हुन सकेन ।
जिल्लाको बिकास भन्दा पनि जातियता नारा लगाउने कसरी हुन्छ मोटो रकम खर्चेर चुनाव जित्ने जितेपछि जनतामा मुख नदेखाउने परिपाटी । त्यसैगरी जनतालाई प्रलोभन देखाएर रमक बांढेर मत लिदादिदाको परिणाम हो बिकासको उधोगति भएको हो ।
स्थानीय जनताहरुले पनि अन्धभक्त भएर पार्टीको पछि लागेर मतदान गर्नाले जनमुखी बिकास हुन सकिरहेको छैन । जिल्लाको बिकास चाहनेहरुले युवा जनशक्ति जिल्लाको बिकास चाहनेको कांधमा जिम्मेवारी नदिदासम्म यस ठाउँको बिकास नहुने बताउँछन् ।
यदि यस जिल्लाको अग्रगामी बिकास चाहने हो भने राजनैतिक नयांसोच बिचार र बिकासको चेतना भएको जनप्रतिनिधिहरुलाई चयन गर्नुपर्छ । भने आगामी निर्वाचनमा मुस्ताङबासीहरुले अमुल्य मत खेर नफाली जनताको काम गर्ने ब्यक्तिलाई जिताउन जरुरी हुन्छ ।
प्रतिक्रिया दिनुहोस्