नोटसंग बेचेको भोटले जन बिकास नहुने

Bhim Bahadur Rasaili

सोचेको खोेजेको र रोजेको जन चाहाना अनरुपको बिकास भनेको जनमुखी जनप्रतिनिधिहरुको आगमन नहुंदासम्म स्थानीयहरुको आकांक्षा पुरा हुदैन । सदैव एकैथरीको ब्यक्तिलाई मतदान गर्नाले बिकासको ढोका खुल्न नसक्ने परिपाटीको बिकास हुने गर्छ । यसको लागि सचेत मतदातानै हो किनभने संसारका हजारौ परिवर्तन भनेकोनै सर्बहारा श्रमजीवि वर्गको संघर्ष र आन्दोलनबाट मात्र सम्भव भएको हो । जबसम्म काम गर्ने काजी खाने पाजीको अन्त्य हुदैन परिवर्तनको चाहाना राख्नु बेकार हो । स्वच्छ तरीकाले भोटसंग नोट साटेर दिएको लिएको भोट र नोटले सामन्त वर्गको उदय हुने बाहेक मजदुर वर्गको हातमा शासन सत्ता आउँदैन ।

हिमालपारिको दुरदराजमा रहेको मुस्ताङ जिल्लाको हबिगत पनि कहिल्यै सुध्रिएन मोटो रकम खर्चेर चुनाव जित्नेको होडवाजीले नत शासन सत्तामा निमुखा जनताको प्रवेश हुन्छ नत उनीहरुले स्थान पाउने गरेका छन् । यो पनि मुस्ताङमा ठुलो रोग बन्ने गरेको छ । मिश्रीत समुदायहरुको बसोबास रहेको मुस्ताङमा बिगतदेखि एकथरी समुदायको मात्र शासन सत्तामा राज चलेको छ । जनतामा समान अवसरको लागि हरेक पार्टीले सबै जातजाति र समुदायहरुलाई मिलाएर लैजान सक्नु पर्छ । तर जिल्लामा जुन सालको चुनाव आएपनि जनमुखी उम्मेदवारी कहिल्यै आउन सकिरहेको छैन यसको बिषयमा पछाडि पारिएका जन समुदायहरुले बुझ्ने बेला आएको छ ।

हरेक पार्टीमा रहेका उत्पीडित समुदायहरुको अवस्थालाई नियाल्ने हो भने अझै साहुंको ज्याला मज्दुरी गर्न जानु पर्ने होइन भने खाडीमा । उनीहरुले धेरै उम्मेदवारहरुलाई शासन र सत्तामा पुर्याए तर गरीव जनतारुको अवस्था बिगतदेखि वर्तमानसम्म जस्ताको त्यस्तै किन । तर जनप्रतिनिधिहरुको चौतर्फी बिकास भएको कारण बिलासी जीवन बिताएका छन् । हामी मतको अधिकार भएकाहरुले मतदानलाई हल्का रुपमा लिएर थोरै पैसासंग मत साटेर उम्मेदवार जिताउने परिपार्टीको बिकासलाई अन्त्य गर्न सकेनौं सबैको दुर्भाग्य हो । अवका निर्वाचनमा मुस्ताङ बासीले चिप्लो कुरा र एक किलो जम्मु बराबरको मुल्यमा हाम्रो अमुल्य मत बेच्नु हुदैन । बालेन साह र हर्क सामपाङ झै गरी सबै जातजाति र समुदायहरुको बिकास गर्नसक्ने उम्मेदवारीलाई जिताउनु पर्छ तवमात्र सर्बहारा बर्गको शासन सत्ता आउने छ जनताले सुख पाउने छ त्यसैले नोटसंग बेचेको भोटले जन बिकास हुदैन सबैले मनदेखि बिचार गरौं ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *