घरपझोङ गाउँपालिबाट प्रकाशन भएको स्थानीय पाठ्यक्रममा उत्पीडित दलित समुदायहरुलाई आपति जनक हुने शब्द प्रयोग भएकोले अबिलम्ब हटाउनु पर्नेमा आवाज बुलन्द्ध हुदै गएको छ । दलित ऐन २०६८ र बिबिध कानूनका दफाहरुले पनि कसैलाई अपमान हुने शब्द लेख्न नहुने भनेको छ । त्यतिमात्र नभै केही बिद्यालयहरुमा त अबोध बालकहरुलाई अपमान शब्द घोकाएर पठाउने गरेको कुरा बाहिर आएकोले यसो नगर्न सबैमा उत्पीडित समुदाय अपिल गर्दछौं । यही साउन २३ गते नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार काठमाण्डौं नेपालले पनि लागरिकताको बिषयमा ७७ जिल्लालाई अपमान शब्द प्रयोग गरी नागरिकता नदिन निदेैशन सबै जिल्ला प्रशाासन कार्यालयलाई सूचित गरेकोले पांचै गाउँपालिका भित्र रहेका सरकारी तथा गैर सरकारी र स्थानीय निकायहरुले उत्पीडित दलित समुदायहरुलाई अपमान हुने , आघात हुने खालका शब्दहरु प्रयोग भएको भए हटाउन उत्पीडित दलित समुदायले सबैमा अनुरोध गर्दछ ।
प्रतिक्रिया दिनुहोस्