हाम्रो पहिलो प्राथमिकता वाम गठबन्धन हो -सम्मानित नेता खनाल

 

काठमाडौ,साउन ८
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी चुनावका लागि आफूहरूको पहिलो प्राथमिकता वाम गठबन्धन भएको बताउनु भएको छ ।
आइतबार संसद भवन परिषरमा पत्रकारहरूसँग कुरा गर्दै खनालले समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहेको बताउनु भयो ।

‘हामी वामपन्थी र समाजवादीहरूलाई एक ठाउँमा ल्याउने क्रममा छौं। कार्यगत एकता हुन्छ कि मोर्चा बन्छ कि,’ भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनु भयो ।
वाम गठबन्धन नहुँदा मात्रै नेपाली कांग्रेससँग गठबन्धन गरिने उहाँले बताउनु भयो ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *