दुरदराजको हिमालपारिको जिल्ला मुस्ताङबाट प्रकाशित भईरहेको एकमात्र क बर्गको छापा पत्रिका हिमालपारिको आवाज साप्ताहिक १२ बर्ष पुरा गरी १३ बर्षमा प्रवेश गरेको छ । सत्यतथ्यमा आधारित भएर बिगतदेखि हालसम्म निन्तर प्रकाशनमा आएको पत्रिकाले आफ्नो सेवा दिईरहेको छ ।
पत्रिका प्रकाशन कानुन अनुसार बिधिवत रुपमा २०६६ सालमा दर्ता भई हालसम्म पत्रिका प्रकाशन भएको छ । भने जनताको पक्षमा रहेर जन आवाज बुलन्द्ध गर्न लागि परेको पत्रिका हो ।
यतिखेर भने हिमालपारिको आवाज साप्ताहिक छापा पत्रिका जेठो हुदैगर्दा यस पत्रिकालाई डब्लु डब्लु डब्लु डट हिमालपारिको आवाज डटकम ( himalparikoaawaj.com) जिल्लामै पहिलो आधिकारिक तवरबाट अनलाईन बनेको छ । सबैले आफ्नो मोबाईल सेटबाट पनि हेर्न र पढ्न सकिने भएको छ ।
पत्रिकामा दिईने बिज्ञापन र छापाखानामा गरिने छपाईको कामहरु सबै जिल्ला बाहिर जाने गरेकोमा त्यसो हुन हुदैन प्रकाशकले बताए जिल्लाकै उद्योगलाई प्रोत्साहित गर्न सक्नुपर्छ सम्पादक भन्छन् ।
मुस्ताङमा रहेका सञ्चारका संस्था र सञ्चारकर्मीहरुलाई हेर्ने दृष्टिकोणनै कमजोर छ जसको कारण पत्रकारितामा काम गर्ने चाहाना स्थानीयहरुले खासै राख्दैनन् सम्पादकले दुखेसु पोखे ।
पांच गाउँपालिकामा गरिने सबै छपाईका कामहरु र बिज्ञापनलाई स्थानीय पत्रपत्रिकाहरुलाई प्रकाशन गर्न दिने साथै हरेक पालिकाले सञ्चारकर्मी र छापाखानाको स्तर उन्नति गर्न आकर्षक कार्यक्रम ल्याउनु पर्नेमा सम्पादक प्रकाशकले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्