२०८१ कार्तिक २७
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङको जोमसोम र चराङमा आँखा शिविर ३१ जनाको अप्रेशन

जेठ २० मुस्ताङ । सामुदायिक आँखा केन्द्र जोमसोम मुस्ताङले आफ्नो बार्षिक कार्यक्रम अनुसार यस बर्षमा पनि आँखाका बिरामीहरुको लागि जोमसोम र चराङमा शिविर सञ्चालन गरेको आयोजकले बताएको छ ।
आफ्नो कार्य तालिका अनुसार थासाङ , घरपझोङ र वारागुङ मुक्ति क्षेत्र गाँउपालिकाको सबै वडाहरुमा आँखा जाँच भयो । शिविरमा ५ सय ७८ जनाले आँखा परीक्षण गर्दा २१ जना मोतिबिन्दुका बिरामी रहेको ईन्चार्ज बरीष्ठ नेत्र सहायक रुमीला नेपालीले बताईन ।

त्यसैगरी लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाको सबै वडाहरुमा र तिजी मेलामा गरी ४ सय ५० जनामा आँखा जाँच भएको थियो । परीक्षणको क्रममा १० जना मोतिबिन्दुका बिरामी रहेको चराङ ग्रामीण आँखा क्ेन्द्रकी ईन्चार्ज नेत्र सहायक बिन्दु बिकले बताईन ।

पाँच गाँउपालिकाबाट छनोट भएका ३१ जना मोतिबिन्दुका बिरामीहरुको जेठ १७ गतेका दिन जोमसोम अस्पतालमा २१ जना बिरामीको सफल अप्रेशन भएको थियो । भने जेठ १९ गतेका दिन चराङ ग्रामीन आँखा केन्द्रमा १० जनाको अप्रेशन भएको आँखा स्वास्थ्य कार्यकर्ता फुल कुमारी नेपालीले बताएकी छिन् ।

घरपझोङ गापाले अप्रेशनमा खटिआएका स्वास्थ्य कर्मीहरुलाई खाना र बस्नको ब्यवस्था मिलाएको थियो । भने जोमसोम महिला समूहको अध्यक्ष मीना शेरचन र पुथाङ आमा समूहको अध्यक्ष कल्पना गौचनको नेतृत्वमा बिरामी , स्वास्थ्यकर्मी र स्वयम सेवकहरुलाई खाना र खाजाको ब्यवस्था गरेका थिए । साथै रेडक्रसले उक्त शिविरमा स्वयम सेवकहरु उपलब्ध गराएको थियो ।

त्यसैगरी लोघेकर दामोदर कुण्ड गाँउपालिकाले अप्रेशनमा खटिएका स्वास्थ्य कर्मीहरुलाई चराङमा खाना र बस्नको ब्यवस्था मिलाएको थियो । भने खाना र बस्नको लागि थप सहयोग महिला समूह चराङको पनि भूमिका रहेको अध्यक्ष माया बिष्टले बताईन ।

मुल आयोजक तिलगंगा आँखा प्रतिष्ठान , मुस्ताङ सामुदायिक आँखा केन्द्र र जिल्ला अस्पताल रहेको थियो । त्यसैगरी सह आयोजकमा घरपझोङ र लोघेकर दामोदर कुण्ड गाँउपालिका , जिल्ला रेडक्रस सोसाईटी , महिला समूह जोमसोम र पुथाङ आमा समूह रहेका थिए ।

जोमसोम र चराङमा भएको आँखा अप्रेशनको लागि भनी ५ जना स्वास्थ्य कर्मीहरुमा डा. रभा थापाको साथमा रुबीना श्रेष्ठ , सन्जीब महत , नरदेव भण्डारी र राकेश चौधरीको उपस्थिति रहेको ईन्चार्ज नेपालीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्