२०८१ मंसिर २२
९८५७६५०३३४, ९८५७६५००९३

भरपर्दो छैन हवाई र सडक मार्ग

सम्पादक – भिम बहादुर रसाइली

हिमालपारिको जिल्ला मुस्ताङमा पोखरादेखि जोमसोमको हवाई उडान र पोखरा , बेनीदेखि जोमसोमसम्मको सडक मार्गमा सदैव समस्या आउने गरेको छ । खराब मौसममा पनि सोच बिचार नगरी हवाई उडान भर्नाले जहाज दुरघटना हुने गरेको छ । यसको खास कारण भनेको सेवा भन्दा पनि आर्थिक कसरी कमाउन सकिन्छ भन्नु नै हो । यसमा सबैको मिलोमतो हुने गरेको हुन्छ यसको कडाईको साथ निग्रानी नहुने हो भने अझै अरु घटणा घट्ने छ । हवाई उडान भर्दा उडानसंग सम्बन्धित सरोकारवाला निकायहरुनै जिम्मेवार हुन् । किनभने पुरानो जहाज , यात्रुको चाप , प्रतिकूल तथा अनुकूल मौसमको अवस्था नहेरी जहाजको उडान भर्नु । जहाजको ईन्जिन नरोकी हतार हतारमा जोमसोमदेखि पोखरामा उडान भर्नुनै अर्को समस्या हो ।
यतिखेर हवाई मार्गमा जहाजले उडान नभरेको बेलामा सडक मार्गमा सानादेखि ठुला गाडीहरुको चाप दिन प्रतिदिन बढ्दै गईरहेको छ । पोखरादेखि जोमसोमसम्म पिडादायीक बोध गर्दै जोखिम मोलेर गाडीको यात्रा गर्नु अनौठो कुरा भएन । बर्षातको समय शुरु भएको छ जताततै हिलाम्मे , अप्ठेरो , सांगुरो र खाल्डाखुल्डी बाटोको कारण यातुहरुले शास्ती झेल्नु परेको छ । यसतर्फ सरोकार निकायहरुको ध्यान जान सकिरहेको छैन यसमा एकथरी कमाउ छन् , अर्कोथरी रमाउ छन् र यात्रुको साथमा जनताले बाटोमा टाउको समाउ छन् । बेनी जोमसोमको सडक स्तर उन्नतिको काम गरेको पनि लामो समय भैसकेको छ तर सरकार फेरीए पनि सडकको मुहार फेरिन पाएको छैन किन ।
समस्याको समधान नहुनुमा प्रमुख कारण भनेको सरोकार निकायबाट जिम्मेवारी बहन नहुनाले हो किनकी समस्या आउछ समधानको खोजी हुदैन । दुरघटणाको केहि समयपछि बिस्तारै बिर्सेर जाने आदत परेको बानीले गर्दा पनि हो । हुनसक्ने , हुने र भएको समस्या र दुरघटणा प्रति जानकार र सरोकार ब्यक्ति तथा निकायहरुनै आफ्नो जिम्मेवारी भन्दा बाहिर रहने गरेका हुन्छन् । नत्रभने प्रकृतिले सजिएको यो ठाउँमा स्थानीय जनप्रतिनिधि र सरोकारवालाले चाहेमा सोचेको , खोजेको र रोजेको बिकास गर्न सकिन्छ । बिगतको पाठलाई सिकेर भोलिका दिनहरुमा नयां सोचका साथ काम गर्न जरुरी देखिन्छ नत्र भने बहत्तर सालको भूईचाल जहिले सुकैउहिचाल मात्र हुने कुरामा दुईमत नहोला ।

प्रतिक्रिया दिनुहोस्