२०८१ चैत्र १०
९८५७६५०३३४, ९८५७६५००९३

जन सहमतिको बिकास दिगो हुन्छ

Bhim Bahadur Rasaili

प्रजातन्त्र , जनतन्त्र र गणतन्त्र जे तन्त्र आएपनि समाजमा रहेका जन समुदायहरुको बिकास तन्त्र भने हिउँदमा डुबेको क्षितिजपारीको घाम झै हुनेगरेको छ । यसको कारक तत्व भनेकोनै शासन बदलिनु शासक उनै र तिनै हुनु हो । मात्रा मिलाए ढलान बलियो हुन्छ तर मात्रा मिलाउन प्राबिधिक आफै आनाकानी गर्छन् त्यसमाथि ठेक्दारको दबाव ठेक्दारलाई उपभोक्ता समितिको पेलान र योजना माथि नेताको साथमा राजनैतिक चंगुलको घेराबन्दी । अनि रातो कितावको बिकास जनमुखी काम र रकम भने गाउँ स्तरदेखि केन्द्रिय स्तरका नेतामुखी त्यसमा जनता सधै दुखी हुने गरेको छ अनि कसरी हुन्छ दिगो बिकास ।

आज समाजको बिकासको नाममा ठालुको हातमा परिवर्तनकारी ब्यवस्था उनीहरुको हात पर्दा जनताको हात रित्तो हुने गरेको छ । जनभावनालाई छुने खालको बिकास जसमा गास बास र कपासको ब्यवस्थापन बेगरको बिकासले जनता आजित हुने गरेका छन् । जहां जसरी पनि बिकासको ढोका ठालुको हातमा गएर खोलिने बिकासले धनी र गरीबको बिच दुरी कायम गरिदिने गरेको हुन्छ । यसको अन्त्य कहिले हुने यसको पर्खाईमा जनता कुरेर बस्ने गरेका छन् । तर बिकासको कलिलो उमेर चाउरिदै जान्छ भने परिवर्तनका ढोभहरु हराउंदै जाने गरेको छ ।

बिकास हुनु समाज रुपान्तरण्को आँखाले हेर्दा राम्रो पक्ष हो तर बिकासको नाममा बिनाश पनि सहजता हुदैन । किनभने एकथरीको बिकास माथि संमुद्धि हुने अर्को थरीको बिनाशको साथमा बिकृति हुने बिकासले अर्थ राख्दैन । अर्थ राख्न बिकासलाई जनताको घरदैलोसम्म पुर्याउनु पर्छ जनभावना बुझेर अनुमतिबाट गरेको बिकास दिगो हुने गर्दछ । हामीले गरेको अभ्यास सरल सहज र जनमुखी छकीछैन यसले महत्व राख्दछ । बल मिचाईको हकमा गरिने बिकासले जन साथ पाउँदैन जव जन आवाज मुखरित हुन पुग्छ त्यो बेला ठालुहरु एक्लो पर्ने र जनताबाट टाढिनुको कुनै बिकल्प रहन्न त्यसैले हरेक योजना जन सहमतिले गरे बिकास दिगो हुन्छ यसैमा सबैको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्