२०८१ मंसिर २५
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङमा गैर दलितलाई भोटै भोट हरेक चुनावमा दलितलाई चोटैचोट

सम्पादक- भिम बहादुर रसाइली

भनिन्छ समाजलाई सन्तुलनमा राख्न समान अधिकारको आवश्यकता हुने गर्दछ । किनभने बिगतदेखि हालसम्मको लडाई प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र र समाजवादको मार्गमा हिड्दैमा बितेको छ यहांको यात्रा । तरपनि जनताले खोजेको र रोजेको शासन ब्यवस्थाको अपाङकताको कारण दिगो रुपमा रहन सकिरहेको छैन हाम्रो ब्यवस्था । दशकमा परिवर्तन हुन खोज्ने हाम्रो ब्यवस्थाको कारण अलमलमा परेका जनताले कहिले पनि सुख पाउन सकिरहेका छैनन् यो नेपाली जन समुदायहरुको लागि अभाग्य हो । जनताले अपेक्षा गरेको , खोजेको , रोजेको र सोचेको शासन ब्यवस्थाको पर्खाइमा बस्दाबस्दै निधार खुम्चाउनु परेको छ यहांको वास्तविक भोगाई हो ।
श्रमजिवी जनताको आँसी र हतौडाको दुरुपयोग गरी सामन्त वर्गहरुले सर्वहारा जनताहरुको हितमा काम गर्छु भन्ने कुरा गोरुले बाच्छो जन्मायो भने सरह हो । किनभने कम्युनिष्टको खोल ओडेर सत्तामा लिप्त हुन पल्केकाहरुको शासन बिगतदेखि नदेखेका र भोगेका भने होईनन् । तरपनि जनताले उनै र तिनैलाई मत दिन तयार हुंदा पनि दलहरुका नेताको चेत खुलेको छैन । सबैखाले अवसर हाम्रोले झ्वाम पार्नु पर्छ भन्ने सामन्ती चिन्तनको कारण यस जिल्लाामा पनि प्रजातन्त्र जनताहरुको घरदैलोमा आईपुग्न सकिरहेको छैन । यसको प्रमुख कारण जनताको मत मिठो तर जन समुदाय तीतो हुनालेनै हो ।
आफुहरुलाई गणतन्त्रको हिमायति सम्झनेहरुले खासमा साम , दाम , दण्ड र भेद प्रयोग गरी मत लिने बाहेक मतदाताहरुको हकहितको लागि जन कल्याणकारी काम गरेको देखिन्न । अर्कोतर्फ यस जिल्लामा पछाडि रहेका जन समुदाय त्यसमा पनि दलित समुदायहरुको हबिगत झनै दयनियनै छ । निर्वाचनको बेलामा पनि आफ्नो समुदाय प्रति हक अधिकार लिन नसक्ने दलितको ब्यथा आफ्नै खालको हुने गरेको छ । हरेक दलहरुमा लागेर बलियो मतको धनी हुंदा पनि आफ्नो खुट्टामा बन्चरो हान्ने काम गरेका छन् । यसपालीको स्थानीय निर्वाचनमा पनि कहिकतै कुनैपनि दलहरुले दलितहरुलाई स्थान दिएका छैनन् गैर दलितहरुको भर्याङ बन्न पुगेका छन् मुस्ताङका दतिहरु यिनमा सदबुद्धि बेलैमा पलाओस् ।

प्रतिक्रिया दिनुहोस्