जेठ २४ मुस्ताङ । हिमालपारिको जिल्ला घरपझोङ गाउँपालिका वडा नं ३ पुथाङ बजार जोमसोम एयरर्पोटमा बृहत्तर रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा योगेन्द्र शेरचन अध्यक्ष रहेको थकाली युवा परिवार केन्द्रको आयोजनामा घरपझोङ गापाको आर्थिक साथमा प्राबिधिक सहयोग र थकाली युवा परिवार जोमसोम क्षेत्रको भने ब्यवस्थापन पक्ष रहेको थियो ।
प्राबिधिक सहयोग तर्फ नेपाल रेडक्रस सोसाईटी कांस्कीको क्षेत्रीय रक्त सञ्चार सेवाको उपस्थितिमा बृहत्तर रक्तदान कार्यक्रम सञ्चालन भएको आयोजकले बताए ।
रक्तदान जीवनदान , जीवनदान महादान भन्ने मुल नाराको साथमा शुरु भएको उक्त कार्यत्रममा सहभागीहरुले खुशीका साथ रक्तदान गरेका थिए ।
कार्यक्रममा घरपझोङ गापा अध्यक्ष मोहनसिह लालचनले थकाली युवा परिवार थासाङ क्षेत्रका सह सचिव सन्तोष गौचनलाई ब्लड ब्याग हस्तान्तरण गरी उनै गौचनलाई पहिलो रक्तदान गर्न लगाई कार्यक्रमको उद्घाटन गराएका थिए ।
रक्तदान ७ बजेदेखि बिहान १० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा ९३ जनाले रक्तदान गरे । भने उक्त कार्यक्रममा पुथाङ आमा समूहले सहभागी सबैलाई जलपानको ब्यवस्था गरेको अध्यक्ष कल्पना गौचनले बताईन ।
कार्यक्रममा प्राबिधिक सहयोग दिन नेरेसो क्षेत्रिय रक्त सञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवाली , स्वास्थ्यकर्मी मञ्जु नेपाली , अस्मीता पौडेल र समीक्षा अधिकारीको उपस्थिति रहेको थियो ।
त्यसैगरी मुस्ताङ जिल्ला अस्पतालका स्वास्थ्य कर्मी आसमाया खाती , अर्जुन किसानले प्राबिधिक सहयोग दिए भने शसस्त्र प्रहरी बल , नेपाल प्रहरी , कर्मचारी मिलन केन्द्र मुस्ताङ र नेपाल पत्रकार महासंघ मुस्ताङले पनि आ आफ्नो तर्फबाट सहयोग गरेका थिए ।
कर्यक्रममा गापा अध्यक्ष , नेपाल पत्रकार महासंघका अध्यक्ष , हिमालपारिको आवाज साप्ताहिक पत्रिकाका सम्पादक र रक्त सञ्चार प्रमुख लगायतले रक्तदानको महिमा र आवश्यकताको बारेमा बोलेका थिए ।
गापा अध्यक्ष लाचन प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा रक्तदान गर्ने ब्यक्ति र सहयोग गर्ने संघ संस्थाहरुलाई प्रमाणपत्र बितरण गरी उक्त रक्तmदान समारोह सम्पन्न भएको थकाली युवा परिवार केन्द्रका सचिव तथा संयोजक बिकल शेरचनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्